अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ११, २०७९
|
|
३५ पटक हेरिएको
Shares
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता

सारांश

  • अष्ट्रेलियामा दिदी-बहिनी समाज भिक्टोरियाले तीज कार्यक्रम सम्पनन गरेको छ ।
  • समाजले अष्ट्रेलियाको मेलबर्न शहरमा तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
  • शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा करिब ७०० को उपस्थिति रहेको थियो ।

अष्ट्रेलियामा दिदी-बहिनी समाज भिक्टोरियाले तीज कार्यक्रम सम्पनन गरेको छ । समाजले अष्ट्रेलियाको मेलबर्न शहरमा तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा करिब ७०० को उपस्थिति रहेको थियो ।

समाजले नेपालको मध्य पश्चिम क्षेत्रका यौन घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ तीज कार्यक्रमको आयोजना गरेको हो । मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकमपठाउने दिदी(बहिनी समाज भिक्टोरियाले जनाएको छ । तीज कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भन्नु नै यौन तथा घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ रकम संकलन गर्नु रहेको छ ।

PHOTOGRAPHY BY WEDDING DIARY AUSTRALIA

दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार, कानुनी सुझाव, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्थता प्रक्रिया र तालिमको लागि प्रयोग गरिन्छ ।

यो सहयोगका कारण महिलाहरूको बिग्रँदो स्वास्थ्य र जीवनलाई उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि मार्फत सामान्यीकरण गर्न सहयोग पुर्‍याएको छ र यसको लागि त्यस क्षेत्रमा क्रियाशील ‘आवाजू संस्थासँग सहकार्य गर्दै आइरहेको छ ।

सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काद्वारा समेत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
मन्त्रिपरिषद् बैठक : मन्त्रालय फुटाइयो, प्रेस काउन्सिलको नाम परिवर्तन, यस्ता छन् निर्णय
मन्त्रिपरिषद् बैठक : मन्त्रालय फुटाइयो, प्रेस काउन्सिलको नाम परिवर्तन, यस्ता छन् निर्णय
चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन
चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन
Sonali Bendre chopped her hair as she undergoes cancer treatment in New York!
Sonali Bendre chopped her hair as she undergoes cancer treatment in New York!
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल