चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन
सारांश
- काठमाडौं, पुस ६ ।
- पहिलो रंगिन चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन भएको छ ।
- उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका शर्माको बिहीबार विहान निधन भएको हो ।
काठमाडौं, पुस ६ । पहिलो रंगिन चलचित्र ‘कुमारी’ का संगीतकार चन्द्रराज शर्माको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका शर्माको बिहीबार विहान निधन भएको हो ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ११ बजेदेखि १ बजेसम्म पशुपति आर्यघाटमा राखिने बताइएको छ ।
शर्माले चलचित्र कुमारीमा शिवशंकर मानन्धरसँग संयुक्त संगीत दिएका थिए । चलचित्र कुमारीको मनमा माया तनमा माया बोलको गीत निकै चर्चित छ ।
वरिष्ठ संगीतकार यज्ञराज शर्माका माहिला छोरा शर्माका दुई छोरा र एक श्रीमती छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bk Bdr
rip