सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
२३७ पटक हेरिएको
Shares
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..

सारांश

  • नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व.
  • राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशक भन्दा पुरानो र सर्वाधिक लोकप्रिय गीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ ।
  • बालबालिका देखी बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।

नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशक भन्दा पुरानो र सर्वाधिक लोकप्रिय गीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ ।

बालबालिका देखी बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ । रिमेक भर्सन ुसिन्की अचार’ गीतमा बिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ । क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको ुसुनकेबरा’ एल्बममा संग्रहहित यस् गीतबाट गायक धेरै आशाबादी रहेका छन ।

गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा र्याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ । टेलेभिजन मिडियामा जमेका भिजे रिजन थापा र पछील्लो समयकी चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको गीतमा आर्टिस्ट नेपालबाट मोडेलिङ क्षेत्रमा जमिसकेका मोडेलहरु सन्ध्या स्याङ्तेन , साधना तिमल्सिना, जेनी शाही, सन्जित घिसिङ, अभिन राउत , कबिर खड्का, एरिक बस्नेत, अस्मिता जिरेल, आदित्य कार्कीले आ( आफ्नो प्रस्तुती दिएका छन । भिडियोलाई सन्दिप भूजेलले क्रोरियोग्राफी गरेका छन ।

आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन । ढुंगेल पछील्लो समयका रुचाईएका निर्देशक हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ । हेर्नुहोस् म्युजिक भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
बिना भेदभाव समान कामका लागि समान ज्याला : राष्ट्रियसभा अध्यक्ष
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
डाक्टरले ‘नबोल्नु’ भनेका गच्छदार ३ घन्टा बोले
डाक्टरले ‘नबोल्नु’ भनेका गच्छदार ३ घन्टा बोले
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि
सुषमा स्वराज नेपालबाट फर्केपछि के भन्यो भारतले ? अचानक भारतको फेरियो बोली
सुषमा स्वराज नेपालबाट फर्केपछि के भन्यो भारतले ? अचानक भारतको फेरियो बोली