बायोमासमा लगानीकर्ता आकर्षित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बायोमासमा लगानीकर्ता आकर्षित

सारांश

  • काठमाडौँ, ४ असार ।
  • ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा सरकारले पछिल्लो दिन बायोमासमा पनि प्राथमिकताका साथ लगानी गर्ने घोषणा गरेपछि दुईवटा कम्पनीले लगानीका लागि चासो देखाएका छन् ।
  • सौर्य, वायु जस्तै पाखापखेरामा खेर गइरहेको घाँस, पराल, वनका पात पतिङ्गरलाई ऊर्जाको स्रोतका रुपमा प्रयोग गर्ने लक्ष्यका साथ ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागमा आवेदन दर्ता भएको छ ।

काठमाडौँ, ४ असार । ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा सरकारले पछिल्लो दिन बायोमासमा पनि प्राथमिकताका साथ लगानी गर्ने घोषणा गरेपछि दुईवटा कम्पनीले लगानीका लागि चासो देखाएका छन् ।

सौर्य, वायु जस्तै पाखापखेरामा खेर गइरहेको घाँस, पराल, वनका पात पतिङ्गरलाई ऊर्जाको स्रोतका रुपमा प्रयोग गर्ने लक्ष्यका साथ ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागमा आवेदन दर्ता भएको छ ।

वायु र सौर्य ऊर्जामा जस्तै बायोमासमा पनि लगानीकर्ताले अभिरुचि देखाउनु सकारात्मक रहेको ऊर्जा मन्त्रालयको बुझाइ छ । सरकारले २०७२ साल फागुन ६ गते जारी गरेको ऊर्जा सङ्कटकाल कार्ययोजनामा ऊर्जाका फरक स्रोतको उपयोगमा जोड दिने लक्ष्य निर्धारण गरिएको छ ।

विभागमा बायोमासको सर्वेक्षणको अनुमतिका लागि मात्रै दुई कम्पनीले आवेदन दिएको सिडिई बाबुराज अधिकारीले जानकारी दिनुभयो । गोल्ड रस कम्पनीले कास्कीमा ७.९ मेगावाट क्षमताको आयोजना अगाडि बढाउने अनुमति माग गर्दै आवेदन दिएको छ ।

विभागकाअनुसार १८ मेगावाट क्षमताको बायोमास उत्पादन गर्ने लक्ष्यका साथ चिनियाँ कम्पनी ग्वोन्जाउ डेभोटिन थर्मल टेक्नोलोजीले आवेदन दिएको छ । सो कम्पनीले मकवानपुरमा करिब ३० स्थानबाट बायोमास सङ्कलन गरी ऊर्जा उत्पादन गर्ने जनाएको छ ।

पेट्रोलियम तथा कोइलाको प्रयोगबाट उत्पादन गरिने ऊर्जाका कारण कार्बन उत्सर्जनमा वृद्धि हुँदा विश्वमा तापमानसमेत बढेको सन्दर्भमा पाखापखेरामा खेर जाने घाँस तथा प्राकृतिक उपजलाई ऊर्जाको स्रोतका रुपमा प्रयोग गर्ने प्रविधिको प्रयोगमा नेपालमा समेत चासो बढेको हो ।

भारतमा वार्षिक रुपमा ५०० मिलियन टन बायोमास उत्पादन हुने गरेको छ । इन्डिया रिन्युएबल इनर्जीका अनुसार बायोमासबाट छोटो समयमै १८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य भारतले राखेको छ ।

चीन सरकारले पछिल्ला दिनमा बायोमासबाट ऊर्जा उत्पादन गर्ने कार्यलाई दीर्घकालीन लक्ष्यका रुपमा अगाडि बढाएको छ । सन् २०१० मा ५.५ गिगावाट आवर ऊर्जा बायोमासबाट उत्पादन गरेको चीनले आगामी दश वर्षमा २४.५ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने र सन् २०३० सम्म ७०० वटा बायोमास पावर प्लान्ट जडान गरी ३० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

(https://swagatgrocery.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पोखरा महानगरको रु सात अर्ब, १५ करोडको बजेट पारित
पोखरा महानगरको रु सात अर्ब, १५ करोडको बजेट पारित
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
Mostbet AZ 90 Azərbaycanda Bukmeker və Casino Bonus 550+250F
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

तपाईंले छुटाउनुभयो कि?