एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • एमाले र माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे महत्वपूर्ण बैठक चलिरहेका वेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
  • एमाले नेता अग्नि खरेलसँग बालुवाटार पुगेका उनी केही बेरमै बाहिरिएका थिए ।

काठमाडौं, ८ फागुन । एमाले र माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे महत्वपूर्ण बैठक चलिरहेका वेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

एमाले नेता अग्नि खरेलसँग बालुवाटार पुगेका उनी केही बेरमै बाहिरिएका थिए । बालुवाटार जानुभन्दा अघि आज दिउँसो पनि यादव र खरेलबीच छलफल भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार त्यसक्रममा यादवले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डसँग संविधान संशोधनका विषयमा आफ्नो धारणा राखे ।

बालुवाटारबाट निस्केपछि यादवले त्यहाँ रहेका सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बैठकमा सरकारमा सहभागिताको विषयमा समेत छलफल चलिरहेकाले त्यसबारे धारणा बुझ्न यादवलाई बालुवाटार बोलाइएको अनुमान छ ।

तर, यादवले सरकारमा सहभागिताबारे निर्णयमा पुग्नुअघि एमाले र माओवादी संविधान संशोधनका लागि सहमत हुनुपर्ने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?