अष्ट्रेलियामा नयाँ आप्रवासन नीति, नेपालीहरू चिन्तित

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
अष्ट्रेलियामा नयाँ आप्रवासन नीति, नेपालीहरू चिन्तित

सारांश

  • अस्ट्रेलियाले आप्रवासनसम्बन्धी आफ्ना नीतिमा केही कडाइ गर्ने घोषणा गरेपछि अध्ययन र कामका लागि त्यहाँ गएका नेपालीहरूबीच चिन्ता बढ्न थालेको छ।
  • अधिकांश नेपाली अस्ट्रेलियामा स्थायी बसोबास गर्ने उद्देश्यले जाने गरेकाले धेरैलाई नयाँ अप्रवासन नीतिले समस्यामा पार्न सक्ने चिन्ता बढेको हो।
  • अस्ट्रेलियामा बसोबास गरिरहेकाहरूका अनुसार पछिल्लो नीतिगत परिवर्तनपछि धेरै नेपाली विद्यार्थी आफ्नो भविष्यलाई लिएर चिन्तित बन्ने गरेको देखिएको छ।

अस्ट्रेलियाले आप्रवासनसम्बन्धी आफ्ना नीतिमा केही कडाइ गर्ने घोषणा गरेपछि अध्ययन र कामका लागि त्यहाँ गएका नेपालीहरूबीच चिन्ता बढ्न थालेको छ।

अधिकांश नेपाली अस्ट्रेलियामा स्थायी बसोबास गर्ने उद्देश्यले जाने गरेकाले धेरैलाई नयाँ अप्रवासन नीतिले समस्यामा पार्न सक्ने चिन्ता बढेको हो।

अस्ट्रेलियामा बसोबास गरिरहेकाहरूका अनुसार पछिल्लो नीतिगत परिवर्तनपछि धेरै नेपाली विद्यार्थी आफ्नो भविष्यलाई लिएर चिन्तित बन्ने गरेको देखिएको छ।

पश्चिमी अस्ट्रेलियाको पर्थस्थित वेस्टर्न अस्ट्रेलिया नेपाली सोसाइटीका अध्यक्ष मणि पनेरू भन्छन्, “अहिलेका नयाँ नियमले नेपाली विद्यार्थीलाई निकै असर पर्ने देखिन्छ। चीन र भारतपछि सबैभन्दा धेरै विद्यार्थी आउने मुलुकमा नेपाल भएकोले पनि त्यसको असर हजारौँ नेपालीलाई पर्नु स्वाभाविक हो।”

अस्ट्रेलिया सरकारले गत महिना आफ्नो अध्यागमन तथा आप्रवासन नीतिमा केही परिवर्तन गरेको घोषणा गरेको थियो।

उक्त घोषणा अनुसार हरेक वर्ष अस्ट्रेलिया भित्रिने आप्रवासीको सङ्ख्यालाई केही घटाइएको छ।

नयाँ नीति अनुसार आगामी चार वर्षका लागि वार्षिक रूपमा अस्ट्रेलिया भित्रिने आप्रवासीको सङ्ख्यालाई १ लाख ६० हजारमा सीमित गरिनेछ।

यस्तो सङ्ख्या हाल वार्षिक १ लाख ९० हजार रहेको थियो।

पहिले दुई वर्षमात्र बसोबास गर्दा पनि स्थायी बसोबासका लागि आवेदन दिन पाइन्थ्यो।

(https://cashcofinancial.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?