अपराधका अगाडि सरकार निरीह, फाष्ट ट्रयाक फैसलाको स्वागत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
१६ पटक हेरिएको
Shares
अपराधका अगाडि सरकार निरीह, फाष्ट ट्रयाक फैसलाको स्वागत

सारांश

  • काठमाडौँ, १७ असोज ।
  • राष्ट्रिय जनमोर्चाले निर्मला हत्या काण्डका अपराधीलाई लामो समयसम्म पनि पक्राउ गर्न नसकेकाले सरकार निरीह र लाचारजस्तो देखिएको बताएको छ ।
  • मंगलवार प्रवक्ता तथा सांसद दुर्गा पौडेलले प्रेस विज्ञप्ति निकाल्दै उक्त घटनाको अपराधी पत्ता लगाई कारवाही गर्न सरकारसामु माग गरेकी हुन् ।

काठमाडौँ, १७ असोज । राष्ट्रिय जनमोर्चाले निर्मला हत्या काण्डका अपराधीलाई लामो समयसम्म पनि पक्राउ गर्न नसकेकाले सरकार निरीह र लाचारजस्तो देखिएको बताएको छ । मंगलवार प्रवक्ता तथा सांसद दुर्गा पौडेलले प्रेस विज्ञप्ति निकाल्दै उक्त घटनाको अपराधी पत्ता लगाई कारवाही गर्न सरकारसामु माग गरेकी हुन् ।

देशमा बलात्कार र हत्याका घटना बढिरहेका बेला यसबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको राजमोले जनाएको छ । त्यसैगरी बारा अदालतले सात वर्षीया बालिकाको बलात्कारपछि हत्याको मुद्दा फास्ट ट्रयाकद्वारा सुनुवाई गरी फैसला गरेको कार्यको राजमोले स्वागत गरेको छ । देशभरि भएका महिला बलात्कार तथा हिंसाका मुद्दाहरु फास्टट्रयाकद्वारा फैसला गरी पीडितलाई छिटोछरितो न्याय दिलाउने काम गरिने र त्यसबाट अपराधका घटनामा कमी आउनेमा आफूहरु आशावादी रहेको विज्ञप्तिमा उल्लेख छ ।

राजमोले महाधिवक्ताको कार्यालयले सम्पूर्ण सरकारी वकिलहरुलाई महिलामाथि हुने बलात्कार तथा हत्याका घटनाहरु पनि फास्ट ट्रयाकबाटै टुंग्याउन दिएको निर्देशनलाई छिटै व्यवहारिक रुप दिन सरकार र सर्वोच्च अदालतसित आग्रह गरेको छ । अखिल नेपाल महिला संघले दुई दशकदेखि महिलामाथि हुने सबै प्रकारका हिंसाका विरुद्ध कारवाही गर्न पारिवारिक अदालतको माग राख्दै आएको बताउँदै विज्ञप्तिमा फास्टट्रयाक प्रणालीलाई प्रभावशाली प्रकारले लागु गरेर पारिवारिक अदालतको काममा केही न केही मद्दत पुग्नेछ भन्ने आशा गर्न सकिन्छ भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?