माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ३, २०७७
|
|
६० पटक हेरिएको
Shares
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षले आयोजना गर्ने राष्ट्रिय भेलालाई बहिष्कार गर्न अपिल गरेका छन् ।
  • उनले सामाजिक सञ्जाल फेशबुकमार्फत नेपाल पक्षले आयोजना गर्ने भनिएको उक्त भेलालाई शहरमा विधि र पद्धतीको रमिता र गाईजात्राको संज्ञा दिएका छन् ।
  • उनले नेपाल पक्षले भोलि र पर्सी (चैत्र ४ र चैत्र ५) गते काठमाडौंमा आयोजना गर्ने भनेको भेलालाई खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षले आयोजना गर्ने राष्ट्रिय भेलालाई बहिष्कार गर्न अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत नेपाल पक्षले आयोजना गर्ने भनिएको उक्त भेलालाई शहरमा विधि र पद्धतीको रमिता र गाईजात्राको संज्ञा दिएका छन् ।

उनले नेपाल पक्षले भोलि र पर्सी (चैत्र ४ र चैत्र ५) गते काठमाडौंमा आयोजना गर्ने भनेको भेलालाई खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता भएको आरोप लगाएका छन् । साथै, उनले उक्त भेलालाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिने उल्लेख गरेका छन् ।शहरमा “विधि र पद्धति”को
रमिता कि गाइजात्रा ?
नेकपा (एमाले)को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला–
१. खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो !
२. यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिन्छ ।
३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।
४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो ।
५. पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।
६. यो “विधि र पद्धति”को दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।
७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।
८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो ।
९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो ।
१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।
११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।
१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो ।
१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।
१४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौ ।
१५. त्यसैले आउनुहोस–विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौं ! अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौं !!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् १४ चर्चित बलिउड कलाकारका बाल्यावस्थाका तस्विर- सलमान देखि आलिया सम्म
यी हुन् १४ चर्चित बलिउड कलाकारका बाल्यावस्थाका तस्विर- सलमान देखि आलिया सम्म
डिपिएल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य
डिपिएल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य
प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…
बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मोदीले यसरी रचे इतिहास
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !
विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !
राजपाको कोर्स करेक्सन : संविधान संशोधन होइन प्रभावकारी कार्यान्वयन
राजपाको कोर्स करेक्सन : संविधान संशोधन होइन प्रभावकारी कार्यान्वयन