स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
१३ पटक हेरिएको
Shares
स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह

सारांश

  • काठमडौं ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँको स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थित गर्दै लैजाने कुरामा प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताए।
  • महेन्द्रनगरमा आज आयोजित कञ्चनपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नयाँ आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई क्षमताले भ्याएसम्मको समावेश गरेको उल्लेख गरे ।

काठमडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँको स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थित गर्दै लैजाने कुरामा प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताए।

महेन्द्रनगरमा आज आयोजित कञ्चनपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नयाँ आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई क्षमताले भ्याएसम्मको समावेश गरेको उल्लेख गरे । खोपको महत्वबारे ९० प्रतिशत नागरिकलाई कोरोना महामारीका बेला जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार खोप अभियान निरन्तर गर्ने र त्यसका लागि आवश्यक तयारीका साथ अघि बढ्ने बताए ।

“बजेटमा समावेश गरिएको स्वास्थ्य क्षेत्रको विषय प्रर्याप्त भयो भन्ने होइन”, उनले भने । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिमले यर्थातपरक बजेट ल्याएको मुख्यमन्त्री शाहको भनाइ थियो । आफ्नो आयस्रोत र साधनस्रोतको अवस्था हरेर सोही अनुसार आगामी आर्थिक वर्षको बजेट ल्याइएको उनले दाबी गरे।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन जडानका लागि नयाँ बजेटमा रकम विनियोजन गरिएकोउनले जानकारी दिए। “महाकाली अस्पतालमा सो सेवा दिनु निकै आवश्यक छ”, मुख्यमन्त्री शाहले भने ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले यसअघि पालिकास्तरमा पूर्णखोप सुनिश्चितता गरेको जानकारी दिए। गत वैशाखमा छुटेकालाई खोप लगाउनकै लागि खोप महिनाका रुपमा मनाएको उनले बताए ।

पन्तले भने,“कञ्चनपुरमा एक सय ३९ खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको हो ।” उनले टोल–टोल, घर–घरमा पुगेर महिला स्वास्थ्य स्वय्म सेविका तथा स्वास्थ्यकर्मीको टोली खोप अभियानका क्रममा खटिएको बताए। सो अवसरमा कञ्चनपुरका नौवटै पालिकाबाट एक/एक महिला स्वास्थ्य स्वय्म सेविका तथा स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य मधु भारती, यहाँका नौवटै पालिकाका प्रमुख/तथा उपप्रमुख, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीश जोशीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा माग्दै कर्णालीका जनप्रतिनिधि
सुरक्षा माग्दै कर्णालीका जनप्रतिनिधि
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
असार १८ गते बुधबारको राशीफल यस्तो छ
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”
ठोस चुनावी मुद्दा नभएको विज्ञको  दाबी
ठोस चुनावी मुद्दा नभएको विज्ञको दाबी
एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ
ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?