ओली र प्रचण्डलाई बस्न छुट्टै कुर्सी छैनन् !
सारांश
- काठमाडाै, ४ जेठ ।
- पूर्व नेकपा एमालेकाे पार्टी कार्यालय धुम्बाराही र नेकपा माअाेवादी केन्द्रकाे पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालयलाई नै नवस्थापित नेकपाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरीएकाे छ ।
- जेठ २गते भएकाे ममाअाेबादी र एमाले मिलेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रिय कार्यालय धुम्बाराही र पेरिसडाँडा बनाउने सहमति भर्इसकेकाे बताइएकाे छ ।
काठमाडाै, ४ जेठ । पूर्व नेकपा एमालेकाे पार्टी कार्यालय धुम्बाराही र नेकपा माअाेवादी केन्द्रकाे पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालयलाई नै नवस्थापित नेकपाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरीएकाे छ ।
जेठ २गते भएकाे ममाअाेबादी र एमाले मिलेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रिय कार्यालय धुम्बाराही र पेरिसडाँडा बनाउने सहमति भर्इसकेकाे बताइएकाे छ ।
त्यसै सम्बन्धमा प्रधानमन्त्रि तथा पुर्ब नेकपा एमालेका अध्यक्ष केपी शर्मा पुर्ब नेकपा माअाेबादी केनद्रका अध्यक्ष पुश्पकमल दाहाल प्रचण्ड एक अर्काकाे कार्यालयमा अाज पहिलाे पटक पुग्दैछन ।
एमाले स्रोतका अनुसार धुम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको छुट्टै कार्यालय छ। र, त्यहाँ केही सोफा राखिएका छन्। प्रचण्डलाई लिएर धुम्बाराही पुग्दा यदि ओली अध्यक्षको कार्यकक्षमा पसे भने उनी आफ्नो पूर्ववत कुर्सीमा बस्नेछन् भने प्रचण्डचाहिँ सोफामा।
यस्तै स्थिति पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको पनि छ। त्यहाँपनि अध्यक्ष प्रचण्डको छुट्टै कार्यकक्ष छ र केही सोफा छन्। तर, ओली प्रचण्डका लागि त्यहाँ बस्ने व्यवस्थाचाहिँ आजको लागि गरिएको छैन। आजका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ।
विदेशी राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिहरु आउँदा भेटघाट र छलफलका लागि पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा एउटा छुट्टै कोठा छ। पेरिसडाँडा स्रोतले भन्यो, ‘दुबै नेताहरु त्यहाँ केही समय बस्ने हुनुभयो भने त्यही कक्षमा बस्ने व्यवस्था मिलाइएको छ।’
यद्यपी आजको कार्यक्रम दुबै अध्यक्षले पूर्व एमाले र माओवादी केन्द्रका कार्यालयहरुको भ्रमण गर्ने हो, जहाँ दुबै अध्यक्षले एक अर्कालाई केन्द्रीय कार्यालयको स्थिति, जनशक्ति र भौतिक स्थितिबारे जानकारी गराउनेछन्।
प्रतिक्रिया