बालकोटमा घाम ताप्दै गफ गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बालकोटमा घाम ताप्दै गफ गर्दै

सारांश

  • काठमाडौं, पुस १२ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाम ताप्दै छलफलमा जुटेका छन् ।
  • छलफलको लागि बालकोट पुगेका प्रचण्ड र ओली घरको बाहिर घाम ताप्दै छलफलमा जुटेका हुन् ।

काठमाडौं, पुस १२ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाम ताप्दै छलफलमा जुटेका छन् । छलफलको लागि बालकोट पुगेका प्रचण्ड र ओली घरको बाहिर घाम ताप्दै छलफलमा जुटेका हुन् ।

एक हप्तादेखि हुन नसकेको दुई अध्यक्षको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । ओली निवासमा जारी भेटवार्तामा पछिल्लो राजनीतिक गतिरोध, नयाँ सरकार गठन लगायतका विषयमा छलफल जारी रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे फरकफरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेटलाई महत्वका साथ हेरिएको छ ।

पार्टी एकता र स्थीर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकोले चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?