यही अप्रिलको नयाँ वरियतामा ४६ एशियाली राष्ट्रमध्ये शीर्षमा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । एशियाली फुटबल महासङ्घ९एएफसी०ले दोस्रो चरणको छनोटबारे नेपाललाई जानकारी गराइसकेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
फिफाले गत अप्रिल ४ मा निकालेको वरियतामा नेपाल १६१ औंँ स्थानमा थियो । उक्त वरियतानुसार नेपाल एएफसी वरियताको ३४ औंँ स्थान रहन सफल भएको थियो ।
वरियताको ३५ देखि ४६ औंँ स्थानको राष्ट्रले भने पहिलो चरणको प्ले अफ खेल्नेछन् । आगामी जूनमा हुने पहिलो चरणको प्ले अफबाट छ टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणको छनोटमा शीर्ष ३४ र प्ले अफबाट आएका छ गरी ४० टोलीले प्रतिस्पर्धा गर्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाइने दोस्रो चरणको छनोट आगामी सेप्टेम्बरमा हुनेछ ।
सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सीधै दोस्रो चरण खेल्न पाएको हो । नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो । दक्षिण एशियाली राष्ट्रबाट नेपालसहित भारत र माल्दिभ्सले सीधै दोस्रो चरणको छनोट खेल्ने छन् ।
फिफाका अनुसार दोस्रो चरणमा छनोट हुने एशियाली राष्ट्रमा नेपाल, इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, युएई, साउदी अरेबिया, चीन, इराक, सिरिया, उज्वेकिस्तान, लेबनान, ओमान, किर्गिजस्थान, जोर्डन, भियतनाम, प्यालेस्टाइन, भारत, बहराइन, थाइल्याण्ड, ताजकिस्तान, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेह ताइवान, तुर्कमिनिस्तान, म्यानमा, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, इण्डोनेसिया र सिंगापुर छन् ।
प्रतिक्रिया