असोज ११ गते शनिबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ११, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाईलो यात्राको योग रहेको छ ।
  • नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
  • बोलीको प्रभाब बढ्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाईलो यात्राको योग रहेको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । प्रेममा मधुरता छाउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामान हराउने वा नष्ट हुनेछ । कामहरू अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइएला । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । रोमाञ्चक यात्रा हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउनपनि सक्नेछ सचेत रहनुहोला । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला । सरकारी निकाएको भय रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शिक्षामा सफलतापनि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ । बाहन सुख मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । रमाईलो यात्राको कासाथै स्वादिष्ट भोजनको योग रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?