राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता

सारांश

  • काठमाडौं, १ भदौ ।
  • देशमा राष्ट्रपति, मन्त्री, प्रधानन्यायाधीश र सभामुखपछि जिल्लाको प्रमुख पदमा महिला पुग्न सफल भएका छन् ।
  • नेपालको इतिहासमा पहिलोपटक उपसचिव हिरादेवी पौडेल रसुवाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्न सफल भएकी हुन् ।

काठमाडौं, १ भदौ । देशमा राष्ट्रपति, मन्त्री, प्रधानन्यायाधीश र सभामुखपछि जिल्लाको प्रमुख पदमा महिला पुग्न सफल भएका छन् ।

नेपालको इतिहासमा पहिलोपटक उपसचिव हिरादेवी पौडेल रसुवाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्न सफल भएकी हुन् । रोचक कुरा त के छ भने रसुवा सहायक प्रमुख जिल्ला पनि महिला नै छन् ।

गृह मन्त्रालयले गत बुधबार गरेको सिडियो सरुवामा रसुवाको प्रशासन सम्हाल्ने जिम्मेवारी पाएकी हिरादेवीलाई सहायक सिडियो स्मिता पौडेलले जिल्ला प्रशासन कार्यालय धुम्चेमा स्वागत गरेकी छन् । रसुवाको ३६ औ प्रमुख जिल्ला अधिकारीको रुपमा बुधबारदेखि नै कार्यभार सम्हालेकी छन् ।

स्थानीय अधिकारीका अनुसार रसुवा जिल्लामै पहिलोपटक प्रशासन हाक्न सिडिओ र सहायक सिडिओ महिला आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?