विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
सारांश
- काठमाडौं, ५ मंसिर ।
- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आमसभामा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई निम्ता दिइएको छैन ।
- आउँदो शनिबार काठमाडौंको शान्तिवाटिकामा हुने आमसभामा मित्र पार्टीका रुपमा मोहन वैद्यलगायत केही शीर्ष नेतालाईमात्रै निम्तो दिईएको प्रचारप्रासर उपसमितिले जनाएको छ ।
काठमाडौं, ५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आमसभामा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई निम्ता दिइएको छैन । आउँदो शनिबार काठमाडौंको शान्तिवाटिकामा हुने आमसभामा मित्र पार्टीका रुपमा मोहन वैद्यलगायत केही शीर्ष नेतालाईमात्रै निम्तो दिईएको प्रचारप्रासर उपसमितिले जनाएको छ ।
पार्टीले सत्तारुढ नेकपा र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ । त्यसकार पनि उनीहरुलाई निम्तो नदिइएको पार्टीका केन्द्रीय सदस्य चीरन पुनले बताए । त्यस्तै, पार्टी प्रवक्ता ‘प्रकाण्ड’को जन्मथलो कालिकोटबाट धेरै जनताको सहभागिता रहने पनि पुनले जनाए । उनले भने, ‘प्रवक्तामाथि सरकारले जुन प्रकारको षड्यन्त्र रच्यो र गिरफ्तार ग¥यो, त्यसबाट कालिकोटवासी निक्कै चुर बनेका छन्, प्रवक्ताको रिहाईको लागि धेरै संघर्ष पनि गरेका छन्, कालिकोटका जनताले त यतिसम्म पनि भन्नुभएको छ, भए गाडीमा चढेर आउँछौं, नभए हिँडेर आउँछौं, यतिसम्म भन्ने जनता हाम्रो साथमा छन् ।’ नेकपाले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताएको छ । त्यसको लागि शनिबारदेखि साताव्यापी पूनर्गठन दिवस मनाउनेपनि घोषणा गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा शनिबार काठमाडौं आयोजना गरिने जनसभाका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य पुनले भने,‘वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको छ, जनताले दुःख पाएका छन्, सबैभन्दा बढि जनताकोबीचमा रहेको हाम्रो पार्टीलाई न्यायको फैसला गर्न भनेका छन्, त्यसैअनुरुप हामीले मंसिर ८ गते पार्टी पुनःगठन दिवसको अवसरमा जनताका आवाजबारे हाम्रो पार्टीका प्रवक्ताले सम्बोधन गर्नुहुनेछ ।’ पार्टीका महासचिव विप्लवलाई लुकाइएको बारे गरिएको जिज्ञासामा पुनले भने,‘पार्टीको निर्णयअनुसार नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भेलाको सम्बोधन गर्नुहुनेछ, उहाँ लुक्नुभएको पनि होईन, लुकाएका पनि होईनौं, आजको दिनमा सबैभन्दा धेरै जनता भएको पार्टी हाम्रो पार्टी हो, विशेष कारणबश उहाँ आउनु हुनेछैन ।’
प्रतिक्रिया