अस्ताए ह्यू मासकेला

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अस्ताए ह्यू मासकेला

सारांश

  • दक्षिण अफ्रिकाका प्रसिद्ध ‘ज्याज’ संगीतकार ह्यु मासकेलाको जोहानस्बर्गस्थित अस्पतालमा निधन भएको छ ।
  • रंगभेद विरोधी अभियानकर्मीको रुपमा चिनिएका मासकेला ७८ वर्षका थिए ।
  • लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको उपचारका क्रममा जोहानस्बर्गमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमार्फत पुष्टी गरेको हो ।

दक्षिण अफ्रिकाका प्रसिद्ध ‘ज्याज’ संगीतकार ह्यु मासकेलाको जोहानस्बर्गस्थित अस्पतालमा निधन भएको छ । रंगभेद विरोधी अभियानकर्मीको रुपमा चिनिएका मासकेला ७८ वर्षका थिए । लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको उपचारका क्रममा जोहानस्बर्गमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमार्फत पुष्टी गरेको हो । फरक खालको अफ्रिकी ‘ज्याज’ धुनका लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरुबाट मासकेलाले विश्वव्यापी ख्याति कमाएका थिए ।

सन् १९७७ मा मासकेलाले लेखेको ‘सोएटो ब्लुज’ बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय नै बनेको थियो । उनलाई दक्षिण अफ्रिकामा ‘ज्याज’ संगीतका पिता पनि मानिन्छ । एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले मासकेलाको निधनबाट मुलुक र त्यहाँको संगीत उद्योगका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । दक्षिण अफ्रिकामा स्वतन्त्रतता प्राप्तिका लागि मासकेलाले पु¥याएको योगदान कहिल्यै बिर्सिन नसकिने पनि जुमाले उल्लेख गरेका छन् । सन् १९६० मा २१ वर्षको हुँदा उनले दक्षिण अफ्रिका छोडेका थिए । त्यसपछिको ३० वर्ष उनले निर्वासित जीवन बिताएका थिए ।

दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता नेल्सन मण्डेलालाई थुनामुक्त गरिएपछि उनी सन् १९९० मा मात्र स्वेदश फर्किएका थिए । सन् १९८६ मा उनले गाएको ‘ब्रिंग होम नेल्सन मन्डेला’ गीत नेल्सन मण्डेलाको रिहाइको माग गर्दै गरिएको आन्दोलनको मुख्या हिस्सा नै बन्ने गरेको थियो । सन् २०१० को जून महिनामा उनले दक्षिण अफ्रिकामा आयोजना गरेको फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति पनि दिएका थिए । मासकेलाको निधनले एउटा युगको अन्त्य भएको टिप्पणी गरिएको छ । संगीत, रंगमंच तथा सामाजिक र राजनीतिक अभियानमा उनले पु¥याएको विशिष्ट योगदानका लागि उनलाई ठूलो सम्मानका साथ हेर्ने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
प्राईम टेलिभिजनको प्रसारणमा रोक !
प्राईम टेलिभिजनको प्रसारणमा रोक !
चिनियाहरु पढ्न किन समुद्रपार जान थाले ?
चिनियाहरु पढ्न किन समुद्रपार जान थाले ?
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
आइतबार कति कोरोना संक्रमित थपिए ?
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
३३ किलो सुन प्रकरण:  अभियुक्तलाई यो मुद्धा थपियो
३३ किलो सुन प्रकरण: अभियुक्तलाई यो मुद्धा थपियो

तपाईंले छुटाउनुभयो कि?