समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
५१ पटक हेरिएको
Shares
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी

सारांश

  • भैरहवा, ८ पुस ।
  • पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदबारे पार्टीले हालसम्म कुनै पनि निर्णय नगरेको बताएका छन् ।
  • “आज पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ ।

भैरहवा, ८ पुस । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदबारे पार्टीले हालसम्म कुनै पनि निर्णय नगरेको बताएका छन् । “आज पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ । तर, समानुपातिक सांसदबारे अझै कुनै निर्णय भएको छैन”, अध्यक्ष प्रचण्डले भने, “तपाईहरु त्यसको भ्रममा नपर्नुहोला । निर्वाचन आयोगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसदको टुंगो लगाउने छौं ।”

एक÷दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने बताउँदै अध्यक्ष प्रचण्डले शीर्ष नेताबीच पार्टी एकताको विषयमा कुनै समस्या नभएको स्पष्ट पारे । “कसैले पार्टी एकताको विरोध गर्छन् भने ती छुट्छन् तर, विकास, समृद्धि र समाजवादको रेल अघि बढेरै छोड्छ” प्रचण्डले भने, “को नेताले के भने ? त्यसको पछि नलाग्नुस् । एमाले–माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् तर, हामी सबै एकताप्रति इमान्दार छौं । हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुंग्याउँछौं । एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् बरु एकताका लागि नेतृत्वलाई बल दिनुस् ।”

अध्यक्ष प्रचण्ड र चक्रपाणि खनाल “बलदेव”को सम्मानमा नेकपा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा नेपाली राजनीतिमा देखिएको राष्ट्रिय सभासम्बन्धी विवाद छिटै अन्त्य हुने प्रचण्डले बताए । उनले भने, “बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुंगो लाग्छ । अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
संसदीय समितिमा सभापतिका पनि सभापति !
संसदीय समितिमा सभापतिका पनि सभापति !
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
विश्वकप क्रिकेटको ट्रफी दरबार स्क्यायर क्षेत्रमा राखिने
विश्वकप क्रिकेटको ट्रफी दरबार स्क्यायर क्षेत्रमा राखिने
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी
बिबाह खर्च कटाएर मृगौला पिडितलाइ नविनाकाे सहयाेग
बिबाह खर्च कटाएर मृगौला पिडितलाइ नविनाकाे सहयाेग
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
Backup Totale Da Iphone A Xiaomi Mi 8 Lite
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित