बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु

सारांश

  • काठमाडाैं, २६ असार।
  • मनसुन सुरु भएसँगै बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु भएको छ ।
  • गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा असार १८ गतेदेखि २५ गतेसम्म प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्नुभएको हो ।

काठमाडाैं, २६ असार। मनसुन सुरु भएसँगै बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा असार १८ गतेदेखि २५ गतेसम्म प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्नुभएको हो । जसअनुसार बाँकेमा ४, रोल्पा, पर्सा र सिरहामा ३–३, सर्लाही, मकवानपुर, बारा, तनहुँ, रौतहट, मोरङ र पश्चिम नबलपरासीमा २–२ जनाको मृत्यु भएको छ ।

यस्तै, कैलाली, बर्दिया, दाङ, चितवन, सिन्धुपाल्चोक, काठमाडौं, सिन्धुली, उदयपुर, पश्चिम नवलपरासी र झापामा १–१ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरोका कारण ९ जना बेपत्ता र २० जना घाइते भएका छन् ।

यसैगरी, गृहमन्त्री थापाले मुस्ताङको स्याङ्बोचेमा भएको दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले ५–५ लाख रुपैयाँ राहत दिने जानकारी पनि सदनलाई गराउनु भयो ।

मुस्ताङको स्याङ्बोचे–लोमान्थाङ सडक निर्माणका लागि ट्रिपर चढेर काम गर्न जाँदै गर्दा शुक्रवार भएको दुर्घटना हुँदा २० जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते १२ जनाको मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अदालतको फैसला दुर्भाग्यपूर्ण’
‘अदालतको फैसला दुर्भाग्यपूर्ण’
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
कांग्रेस जिल्ला सभापतिहरूको भेला:  कांग्रेस अब कांग्रेस रहेन
कांग्रेस जिल्ला सभापतिहरूको भेला: कांग्रेस अब कांग्रेस रहेन
तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन
तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा