रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत
सारांश
- काठमाडौं।
- अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ।
- साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टाेली अल एडालाहमाथि ५-० को सानदार जित दर्ता गरेको हो।
काठमाडौं। अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ। साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टाेली अल एडालाहमाथि ५-० को सानदार जित दर्ता गरेको हो।
प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे भने त्यसपछि निरन्तर अलनासारले गोलको बर्षा बर्षाउन थाल्यो। ६६औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए। ७८औं मिनेटमा टालिस्काले पुन अर्को गोल थप पछि अल नासरले ४-० को फराकिलो अग्रता लियो।
इन्ज्युरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५-० फराकिलो अन्तरको जीत दिलाए। यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा छ भने पराजित अल एडालाह १७ अंक जोडेर १४ औं स्थानमा छ।
प्रतिक्रिया