नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !

सारांश

  • काठमाडौं, १० कात्तिक ।
  • नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रम नयाँ शक्ति नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईले बहिस्कार गर्ने भएका छन् ।

काठमाडौं, १० कात्तिक । नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बहिस्कार गर्ने भएका छन् ।

ट्वीटरमार्फत् डा. भट्टराईले भनेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद !तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चियापान कार्यक्रममा लाग्ने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भन्दै आफू उपस्थित हुन नसक्ने बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?