अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

सारांश

  • रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार ।
  • उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् ।
  • घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन ।

रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन ।

आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने ठाउँमा बसोबास गरे पनि दयनीय जीवन यापन गर्न बाध्य छन् । जिल्ला अस्पताल नजिकै घर भए पनि रोग लाग्दासमेत अस्पतालसम्म पु¥याउने न कुनै सहारा छ, न त अस्पतालको उपचारका लागि चाहिने पैसा नै । उनीहरु हातको सङ्केतबाट मात्र कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् ।

जाडो होस् या गर्मी एकसरो कपडामा रहन्छन् उनीहरु । सुत्नका लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहरुका कैयौँ रात कठ्याङ्ग्रिएर बितेका छन् । जन्मेदेखि अहिलेसम्म उनीहरुको खुट्टाले जुत्ताचप्पल देख्न पाएको छैन । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरु पछिल्लोपटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् ।

पहिले बुबाआमाले गाउँमा कटुवालेको काम गर्थे । एक ठाउँको समाचार अर्को ठाउँमा पु¥याउने, गाउँमा हुने महत्वपूर्ण कार्यक्रमको खबर आदानप्रदान गर्ने काम गरेवापत खलोको रूपमा अन्न दिने चलन थियो । खलो सङ्कलनबाट जीविका चलाएका उनका बुबाआमाको मृत्युपछि भने उनीहरु बेवारिसे बनेर हिँड्न बाध्य भए । अहिले उनीहरुसँग सरकारले बनाइदिएको सानो झुपडी र त्यस वरपर रहेको जग्गा मात्र बाँकी छ । “नापी गर्दा उनीहरुको हकभोगको जग्गासमेत नापी नक्सा नगरी छुटाइदिएका कारण अहिले सार्वजनिक जग्गाको रुपमा उपयोग भइरहेको छ”, रोल्पा नगरपालिका–२ का वडाध्यक्ष खिमबहादुर घर्तीले भन्नुभयो । बुबाको पालामा अब्बल जग्गाका धनी उनीहरु बुबाआमाको मृत्युपछि भने गाउँका मुखिया जिम्मुवालका कारण सुकुम्वासीजस्तै बनेका छन्, वडाध्यक्ष घर्तीले भन्नुभयो ।

दाजु गोपाल र भाइ प्रसादले गाउँलेले ल्याइदिएको भिमलबाट दाम्लो र डोरी बुन्ने गर्छन् । दाम्लो र डोरी बुनेवापत दिने दुई÷चार माना अन्न र सय÷पचास रुपैयाँ भएको छ त्यो परिवार बाँच्ने आधार । वृद्धावस्थाले आँखा कमजोर हँुदै जाँदा डोरी र दाम्लो बनाउनसमेत धौधौ हुने गरेको छ । उनीहरु कहिलेकाही गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनका छाक टार्ने गर्दछन् । त्यस्ता काममा गएका उनीहरुलाई गाउँलेले कृपा गरेर दिने एक÷दुइ सय पनि साँझबिहान जोहो गर्ने आधार बनेको छ ।

वडा कार्यालयले दाजु गोपाललाई ज्येष्ठ दलित भत्तावापत मासिक रु एक हजार र भाइ प्रसादलाई मासिक रु ६०० उपलब्ध गराउँदै आएको वडाध्यक्ष घर्तीले बताउनुभयो । उनीहरुका आफन्त भाइ नाता पर्ने हर्कमान विक र काका नाता पर्ने गनबहादुर विकले भत्ता बुझिदिने गरेको वडाध्यक्ष घर्तीले बताउनुभयो । बहिनी आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन आएकाले भत्ता दिइएको छैन, वडाध्यक्ष घर्तीले भन्नुभयो ।

पोषणको अभावमा परिवारका सबै सदस्यमा त्यस्तो समस्या आएको हुनसक्ने स्थानीय कुलबहादुर डाँगीले बताउनुभयो । सानैदेखि कुपोषणको दुश्चक्रले परिवारका सबै सदस्यलाई छोएको देखिन्छ यस्तो अवस्थामा दैनिकी चलाउँदै आउने परिवारको सङ्ख्या रोल्पामा धेरै हुनसक्छ डाँगीले भन्नुभयो । उनीहरुलाई स्थानीय सरकारले विशेष संरक्षण र रेखदेख गर्नुपर्ने डाँगीको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार गर्ने युवक पक्राउ
बलात्कार गर्ने युवक पक्राउ
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
दु्तमार्ग निर्माण क्रममा २७ हजार रूख कटान
दु्तमार्ग निर्माण क्रममा २७ हजार रूख कटान
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
शरीरको तौल घटाउने ३ अचुक उपाए
शरीरको तौल घटाउने ३ अचुक उपाए
शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’
शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’
राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री
राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?