साउदीको जेलमा करोडको दाउमा प्रेमबहादुर

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
४० पटक हेरिएको
Shares
साउदीको जेलमा करोडको दाउमा प्रेमबहादुर

सारांश

  • इलाम ।
  •   घरबाट कमाउनका लागि ऋण काढेर परदेशिएकाले झण्डै करोड रुपैयाँ कमाउन कत्ति समय लाग्ला ?
  • हजारमा तलब बुझ्नेलाई करोडको कुरा सपना भन्दा पर हो ।

इलाम ।  घरबाट कमाउनका लागि ऋण काढेर परदेशिएकाले झण्डै करोड रुपैयाँ कमाउन कत्ति समय लाग्ला ? हजारमा तलब बुझ्नेलाई करोडको कुरा सपना भन्दा पर हो । कहिलेकाही परिस्थिती उल्टो भइदिन्छ ।

कमाउन गएकाहरु कमाउनुको सट्टा देश फर्कन पनि रकम तिर्नुपर्ने हुन्छ । साउदीमा यस्तै परिबन्धमा फसेका छन् इलामको माई नगरपालिका ४ का प्रेमबहादुर राई(राजु) पनि ।

सन् २०१२ मा रोजगारीका लागि साउदी उडेका प्रेमबहादुर जेल परेको २१ महिना भयो । श्रीमान् जेल परेपछि विभिन्न ठाउँमा हारगुहार माग्दा प्रेमबहादुरकी श्रीमती सरिता राईलाई डेढ लाख रुपैयाँ लाग्यो । तर डेढ लाख खर्च गरेर धाउँदा पनि प्रेमबहादुर जेलबाट छुट्ने छाँटकाँट छैन ।

प्रेमबहादुर विरुद्ध कम्पनीले मुद्दा हालेको हो । त्यही मुद्दामा उहाँ जेल पर्नुभएको हो । अब उहाँले घर फर्कन ३ लाख १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ) तिर्नपर्छ । ‘एक रुपैयाँ त छैन्, करोड कसरी जुटाउने ? म त यत्रो पैसा कल्पना पनि गर्न सक्दिन,’ सरिता आत्तिनुहुन्छ ।

प्रेमबहादुर साउदी गाडी चलाउनुहुन्थ्यो । गाडीमा सामान लिएर हिडेका उहाँले कम्पनीभन्दा १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि पार्किङमा गाडि रोकेर साथी भेट्न जानुभयो । तर फर्किएर आउँदा पार्किङमा गाडी भेटिएन् ।

हराएको गाडी दुईदिन पछि जनदियाबाट १० किलोमिटर पर रोमामा सिसा फुटेका अवस्थामा भेटिएको थियो । कम्पनीले आफूले निर्देशन गरेको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै प्रेमबहादुर माथि मुद्दा चलायो ।

अदालतले कम्पनीकै कुरालाई सदर गर्दै प्रेमबहादुरलाई दोषी ठहर गर्‍यो । लापरवाही गरेको अभियोगमा उहाँले ५० कोर्रा र दुई महिना जेल सजाय भोगिसक्नुभएको थियो ।

सजाय सकिएपछि घर फर्कन खोज्दा कम्पनीले उहाँलाई पासपोर्ट दिनुको सट्टा गाडीको सामान हराएको र तोडफोड गरेको भन्दै फेरि मुद्दा हालेर क्षतिपूर्ति माग्यो । प्रेमबहादुरले बेलाबेलामा सरितालाई फोन गर्दै आफूलाई छुटाउन भन्छन् । तर सरिताको दिमागमा ९५ लाख रुपैयाँ अटाउन सकेको छैन ।

‘कम्पनीका पनि साहु फेरिएका छन् रे, कागजमा जे लेखिएको छ त्यही गर्ने भनेका छन् रे कसरी छुटाउने होला,’ लामो सास फेर्दै सरिताले भन्नुभयो । श्रीमान्को उद्धारका लागि सरिताले परराष्ट्र मन्त्रालयदेखि विभिन्न संघसंस्थामा अनुरोध पनि गर्नुभएको छ ।

सरिता र प्रेमबहादुरका दुई सन्तान छन् । सरितालाई दुई छोराछोरी र यतिबेला कमाउन गएका श्रीमानको पनि जिम्मेवारी थपिएको छ । सरिता दुईछोराछोरीलाई पनि साथैमा लिएर श्रीमानलाई छुटाइदिन पर्‍यो हजुर भन्दै धाउनुहुन्छ ।

प्रेमबहादुर ३ वर्ष अघि साउदीबाट छुट्टिमा घर आउनु भएको थियो । ‘त्यतिबेला तिमी घर सम्हाल म कमाएर पठाउछु भन्नुहुन्थ्यो, अब त उहाँकै ज्यान करोडको दाउमा पर्‍यो । खै कसरी छुटाउनु,’ तिर्नुपर्ने रकम सम्झदा सरितालाई श्रीमान् फर्काउन सक्छु जस्तो लाग्दैन ।

‘सबै संघसंस्था र परराष्ट्र मन्त्रालयले पनि पैसा नतिरे हामी केही गर्न सक्दैनौ भन्दै पठाए, कहाँ जाउ उहाँको ज्यान बचाउन,’ सरिता प्रश्न गर्नुहुन्छ । उता प्रेमबहादुर पनि दूतावासले चाहेको भए छुटाउन सक्थ्यो भनेर सरितासँग गुनासो गरिरहनुुहुन्छ ।

पैसा नतिरी प्रेमबहादुर जेलबाट छुट्ने कुनै बाटो नभएपछि कुलुङ्ग संघ काठमाडौंको सहायतामा सहयोग रकम संकलनका लागि नेपाल इन्भेष्टमेन्ट बैंक खाता खोल्नुभएको छ । ०२९०५०३०२८५१७९ प्रेमलाई सहयोग गर्न खोलिएको बैंक खाता नम्बर हाे ।

खाता खोलेको १ हप्तामा केही रकम पनि जम्मा भएको छ । ‘मैले रकम पठाए त आउनुहोला नत्र त लाश पनि देख्दिन होला,’ सरिताले जेलमा रहेका श्रीमान् छुटाउन सहयोगका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई मोदीको फोनको अर्थ
ओलीलाई मोदीको फोनको अर्थ
पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार
पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार
‘सूचना नदिनेलाई कारबाही’
‘सूचना नदिनेलाई कारबाही’
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।