अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ

सारांश

  • जुम्ला, ३ साउन ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि डा.
  • गोविन्द केसी काठमाडौं लागेका छन् ।

जुम्ला, ३ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि डा. गोविन्द केसी काठमाडौं लागेका छन् । डा. केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं ल्याउन थालिएको हो ।

यसअघि डा. केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नजाने अडान लिएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनशन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएको थियो । दोहोरो भिडन्तमाा प्रतिष्ठानमा ठूलो क्षति भएको थियो ।

अस्पताललाई प्रशासनले युद्धभूमिजस्तो बनाएको र अस्पतालमा धेरै क्षति भएकाले आफू काठमाडौं जान तयार भएको डाक्टर केसीले प्रतिक्रिया दिएका छन् । अस्पतालमा आफ्ना समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै डाक्टर केसीले त्यसलाई रोक्न आफू काठमाडौं जान तयार भएको पत्रकार सम्मेलनमा बताए । उनले अस्पताल परिसरबाट बाहिर निस्कने क्रममा भावुक हुँदै भने, “जहाँ भए पनि सत्याग्रह जारी रहन्छ ।”

यसैगरी केसीको अवस्था बुझ्ने भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, गृहमन्त्री नरेश भण्डारी, शिक्षा सचिव खगराज बराल र स्वास्थ्य विभागका डा. गुणराज लोहनी जुम्लामा पुगेका थिए । उनीहरुलाई भित्र छिर्न नदिएपछि प्रतिष्ठानबाट फर्किएका थिए ।

डाक्टर केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड सुरु गरेपछि केही समय जुम्लाको स्थिति तनावग्रस्त भएको थियो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तोडफोडका क्रममा १ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकाश’ ओलीले परिवर्तन गर्ने
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकाश’ ओलीले परिवर्तन गर्ने
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल
मेस्सी बने फिफा वर्ष खेलाडी
मेस्सी बने फिफा वर्ष खेलाडी
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
एक वर्षमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घट्यो
एक वर्षमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घट्यो
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ
प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ

तपाईंले छुटाउनुभयो कि?