आंशिक बदलीसहित हिमाली भेगमा हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
५० पटक हेरिएको
Shares
आंशिक बदलीसहित हिमाली भेगमा हिमपातको सम्भावना

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
  • अहिले कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ।

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेका ले चिसोबाट बच्च आवश्यक उपाय अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?