एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

सारांश

  • प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ ।
  • प्रदेश सरकारले अघिल्लो शैक्षिक सत्रमा एसइई दिएका विद्यार्थीको नतिजा बिग्रिएपछि यो कार्यक्रम लागू गरेको हो ।
  • गणित र विज्ञान विषयमा डी र ई गे्रड लिएपछि नतिजा सुधार गर्ने योजनासहित प्यूठानमा पनि यो कार्यक्रम शुरु भएको हो ।

प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले अघिल्लो शैक्षिक सत्रमा एसइई दिएका विद्यार्थीको नतिजा बिग्रिएपछि यो कार्यक्रम लागू गरेको हो ।

गणित र विज्ञान विषयमा डी र ई गे्रड लिएपछि नतिजा सुधार गर्ने योजनासहित प्यूठानमा पनि यो कार्यक्रम शुरु भएको हो । प्यूठानमा यही माघ ५ गतेदेखि यो कार्यक्रम शुरु भएको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । जिल्लाका १० कक्षामा अध्ययनरत २० देखि माथि विद्यार्थी रहेका विद्यालयमा यो कार्यक्रम छनोट भएको छ ।

कार्यक्रममार्फत जिल्लाका ७२ विद्यालयमा गणित र ३७ विद्यालयमा विज्ञान विषयमा थप कक्षा सञ्चालन भएको हो । दिनमा डेढ घण्टा एउटा विषयको गरी दैनिक तीन घण्टा पढाइ हुने कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २० देखि ४९ सम्मका विद्यार्थी भएका विद्यालयलाई २० हजार, ५० देखि ९९ सम्म विद्यार्थी भएकालाई २८ हजार, १०० देखि १९९ विद्यार्थी सङ्ख्या भएको विद्यालयलाई ३८ हजार र २०० भन्दा माथि विद्यार्थी सङ्ख्या भएको विद्यालयलाई रु ५४ हजार दिनेछ । मन्त्रालयमार्फत ५२ दिन पढाइ हुनेछ ।

एसइई परीक्षा नजिकिएसँगै प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख भुसालले बताउनुभयो । “अघिल्लो वर्ष गणित र विज्ञान विषयमा डी र ई ग्रेट ल्याएका विद्यार्थीले माथिल्लो कक्षा पढन समस्या भएपछि नतिजा सुधारका लागि यो कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “यसले पढाइलाई सुधार गर्न र गे्रड वृद्धि गर्न सहज बनाउनेछ ।”

नतिजा सुधार कार्यक्रममार्फत दुई विषयको थप कक्षा पढेका विद्यार्थीले डी प्लससम्म ग्रेड ल्याउन कार्यालयले शिक्षकलाई आग्रह गरेको छ । यससँगै विद्यार्थीले माथिल्लो कक्षा सहज रुपमा पढ्न पाउने छन् । थप कक्षा पढाउनका लागि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समेत यो कार्यक्रमले थप टेवा पु-याउने विश्वास लिएको कार्यालयले जनाएको छ ।

त्यस्तै रोल्पाका सामुदायिक विद्यालयमा पनि यो कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका ६१ विद्यालयमा गणित र ५२ विद्यालयमा विज्ञान विषय पढाइ भएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?