इंगल्याण्ड र न्यूजिल्याण्डको खेल ड्र, सुपर ओभरबाट विजेता छनौट हुने
सारांश
- आइसीसी क्रिकेट वर्ल्ड कप २०१९ सुपर ओभरबाट छिनोफानो लाग्ने भएको छ।
- फाइनलमा पुगेका न्युजील्यान्ड र इङ्ल्यान्डले समान २ सय ४१ रनमात्र जोड्न सकेकाले खेल सुपर ओभरमा पुगेको हो।
- पहिलो पटक फाइनलमा पुगेको न्युजील्यान्ड र तीन पटक फाइनलमा पुगेर पनि विश्वकप चुम्न असफल आयोजक राष्ट्र इङ्ल्यान्डबीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।
आइसीसी क्रिकेट वर्ल्ड कप २०१९ सुपर ओभरबाट छिनोफानो लाग्ने भएको छ। फाइनलमा पुगेका न्युजील्यान्ड र इङ्ल्यान्डले समान २ सय ४१ रनमात्र जोड्न सकेकाले खेल सुपर ओभरमा पुगेको हो।
पहिलो पटक फाइनलमा पुगेको न्युजील्यान्ड र तीन पटक फाइनलमा पुगेर पनि विश्वकप चुम्न असफल आयोजक राष्ट्र इङ्ल्यान्डबीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।
इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड फाइनलमा पुगेका थिए। लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीले लिगको शीर्षस्थानमा रहेका भारत र अस्ट्रेलियालाई सेमिफाइनलबाट बाहिर्याउँदाकै परिणाम यो फाइनलमा पनि देखियो।
पहिलो इनिङ्समा न्युजील्यान्डले २ सय ४१ रनमात्र बनाउँदा इङ्ल्यान्डले सहज जिते निकाल्ने अपेक्षा गरिएको थियो। तर, दोस्रो इनिङ्समा न्युजील्यान्डको धारिलो बलिङले खेललाई फरक मोडमा पुर्यायो। निर्धा्रित ५० ओभर पूरै खेल्दै न्युजील्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको थियो।
हेनरी निकोलसले न्युजील्यान्डका लागि सर्वा्धिक ५५ रन जोडेका थिए। टम लेथमले ४७ रनको योगदान दिए भने केन विलियम्सले ३० रन बनाएका थिए।
६.२ ओभरमा मार्टिन गुपटिल एलबीडब्लुबाट आउट भएपछि न्युजील्यान्डको रन रफ्तारमा केही ब्रेक लागेको थियो। केन विलियम्स क्याच आउट भएर दोस्रो विकेट पतन हुँदा १ सय २ रन जोडेको थियो। न्युजील्यान्डको मध्यक्रम त्यसपछि लड्खडायो। सत्ताइसौ ओभरमा हेनरी र चौतिसौं ओभरको सुरुमै रोज टेलर आउट हुँदा इङ्ल्यान्ड बलियो देखियो। तर, त्यसपछि सम्हालिँदै खेलेको न्युजील्यान्डले मध्यम स्तरको लक्ष पेश गर्न सक्यो।
दोस्रो इनिङ्स घरेलु मैदानमा आयोजकलाई सोचेजति सहज भने बनेन। २८ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्ल्यान्डले २४ औं ओभरसम्म (२३.१ ओभर) ४ विकेट गुमाइसकेको थियो। त्यतिखेर उसको खातामा ८६ रनमात्र थियो।
मध्यक्रमका आएका बेन स्टोक्स र जस बटलरको जोडीले बलियो साझेदारी पेश गर्दा लड्खडाइसकेको इङ्ल्यान्ड घरेलु दर्शकबीच सम्हालिन पुग्यो। उनीहरुको ‘ साझेदारीले इङ्ल्यान्डलाई जित उन्मुख पुर्याएको हो। मध्यक्रममा ब्याटिङमा आएको यी दुवै अर्धशतकीय पारी खेले। बलटर ५९ रन बनाएर फर्गुसनको बलमा क्याच आउट भए। ४७ ओभरको पहिलो बलमा नै फर्गुसनले छैटौं विकट लिएपछि इङ्ल्यान्डको यात्रा जोखिमपूर्ण बनेको थियो। इङ्ल्यान्डका लागि अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो। ४८.३ ओभरमा घरेलु टिमले थप एक विकेट गुमाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। ४९ ओभरका दुई बलमा एकरएक रन बटुलेको टिम इङ्ल्यान्ड थप दवावमा पुगेको थियो। स्ट्राइकमा रहेका वेन स्टोक्सले छक्का प्रहार गरेर बलरमाथि नै दवाव दिए तर त्यही ओभरको आखिरी बलमा इङ्ल्यान्डले विकेट गुमायो। अन्तिम ओभरमा इङ्ल्यान्डसामु जितका लागि १५ रन जोड्नुपर्ने अवस्था थियो भने खातामा २ विकेटमात्र बाँकी।
न्युजील्यान्डका ट्रेन्ड बोल्टले धारिलो बलिङ गर्दै दुई डट हाने। तेस्रो बलमा बेन स्ट्रोकले छक्का प्रहार गरे। ३ बलमा ९ रन चाहिन्थ्यो इङ्ल्यान्डका लागि। स्टोक्सले फेरि छक्का प्रहार गरे २ बलमा ३ रन आवश्यक थियो। जसले खेललाई निक्कै रोमाञ्चक बनायो।
१ बल र २ रन बाँकी रहँदा दर्शकहरुको सास नै रोकिने स्थिति बन्यो। फेरि विकेट। अन्ततस् खेलमा इङ्ल्यान्डले पनि २ सय ४१ नै रन बनायो। स्टोक्सले ८४ रनमा नटआउट रहे। त्योसँगै खेलको जित हार अब सुपर ओभरबाट निर्धा्रित हुने भएको छ
प्रतिक्रिया