म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा
सारांश
- काठमाडौं, १३ भदौ ।
- बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा पुगेका छन् ।
- सम्मेलन सुरु हुनुअघि उनी लुम्बिनी भ्रमणमा पुगेका हुन् ।
काठमाडौं, १३ भदौ । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा पुगेका छन् । सम्मेलन सुरु हुनुअघि उनी लुम्बिनी भ्रमणमा पुगेका हुन् । उनको लुम्बिनी भ्रमण निजी भएको बताइएको छ ।
राष्ट्रपति माइन्ट काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित भैरहवा विमानस्थलमा पुगेका थिए । राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमार्फत लुम्बिनी पुगेका थिए । हेलिकप्टरमा उनी सहित १६ जना लुम्बिनी पुगेका छन् ।
बाँकी म्यानमारका पाहुना र स्वदेशी सहयोगीसहित २० जना भैरहवा विमानस्थलबाट सवारीसाधनमा लुम्बिनी पुगेका थिए । राष्ट्रपतिको स्वागतका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पनि लुम्बिनी पुगेका छन् ।
अवतरण भएलगत्तै राष्ट्रपति मायादेवी मन्दिरको अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपतिले त्यहाँ पूजाआजा गर्ने बताइएको छ । मन्दिर परिसरमा उनलाई लुम्बिनीबारे बिफ्रङ गर्ने कार्यक्रम समेत रहेको छ । त्यसपछि उनी पण्डिताराम ध्यानकेन्द्रमा गएर पूजआजा गर्ने र केही समय ध्यान गरेर फर्किने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिए ।
म्यानमारका राष्ट्रपतिलाई रोहिंग्या समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ । सुरक्षा निकायले उनको खतराबारे विश्लेषण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको छ । तर लुम्बिनीमा त्यस्तो कुनै किसिमको शंकास्पद गतिविधि नभएको सुरक्षा स्रोतले बताएको छ । रुपन्देही प्रशासनले उनलाई भीभीआईपी सुरक्षा उपलब्ध गराएको छ । चारवटै सुरक्षा निकायका १ हजार २ सय सुरक्षाकर्मी खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।
सम्बन्धित खबर
म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा
सारांश
- काठमाडाै, १२ भदाै ।
- म्यानमारका राष्ट्रपति विन मिन्ट आज (मंगलबार) दिउँसो काठमाडौं आइपुगेका छन् ।
- राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।
काठमाडाै, १२ भदाै । म्यानमारका राष्ट्रपति विन मिन्ट आज (मंगलबार) दिउँसो काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल पुगेका थिए ।
उनी सम्मेलन शुरु हुनु दुई दिन अगावै नेपाल आएका हुन् । बिमस्टेक सम्मेलन बिहीबार शुरु हुँदैछ । सम्मेलनमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटानलगायतका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् । म्यानमारका राष्ट्रपति मिन्टले १४ गते राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् भने १६ गते लुम्बिनी भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकको चार वर्षअघिबाट नेपाल अध्यक्ष राष्ट्र हो । बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४ मा भएको थियो। दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल हो । कार्यतालिकाअनुसार नेपालमा चौथो सम्मेलन नेपालले गर्न लागेको हो ।
प्रतिक्रिया