मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता

सारांश

  • मुम्बई।
  • बलिउडकी चर्चित गायिका श्रेया घोषाल ३५ वर्षकी भएकी छन्।
  • १२ मार्च १९८४ मा पश्चिम बंगालको मुर्शिदाबादमा एक ब्राम्हण परिवारका जन्मिएकी श्रेयालाई फिल्म उद्योगमा ‘मेलोडी क्वीन’ को नामले पनि चिनिन्छ।
मुम्बई। बलिउडकी चर्चित गायिका श्रेया घोषाल ३५ वर्षकी भएकी छन्। १२ मार्च १९८४ मा पश्चिम बंगालको मुर्शिदाबादमा एक ब्राम्हण परिवारका जन्मिएकी श्रेयालाई फिल्म उद्योगमा ‘मेलोडी क्वीन’ को नामले पनि चिनिन्छ।  श्रेया घोषालको सांगीतिक यात्रा राजस्थानको रावतभाटाबाट सुरु भएको थियो। जहाँ उनका बुवा विश्वजीत घोषाल न्यूक्लियर पावर कर्पोरेशन अफ इण्डियामा इलेक्ट्रिकल इन्जिनीयएर थिए। एक पटक राति सांगीतिक प्रतिश्पर्धाबाट फर्किँदै गर्दा श्रेयाको अगाडि सिंह देखा पर्यो। उक्त सिंह श्रेयाभन्दा करिव ५० मिटरमात्र टाढा थियो। 
श्रेयाको पहिलो गुरु उनकी आमा शर्मिष्ठा घोषाल हुन्। जो एक गायिका पनि हुन्। श्रेयाले आठौं कक्षासम्म रावतभाटाको एटामिक एनर्जी केन्द्रीय विद्यालयमा अध्ययन गरिन्। त्यहाँका संगीत शिक्षक जयवद्र्धन भटनागरको घरमा गएर श्रेया संगीत सिक्थिइन्।
श्रेयाको म्युजिक टिचर जयवद्र्धन भटनागरका अनुसार कोटामा एयटा म्युजिक कम्पिटिशन सकिँदा रातिको ११ बजेको थियो। श्रेयालाई स्कुटरको पछाडि राखेर उनी रावतभाटा फर्किँदै थिए। उनीहरु जंगलको बाटो हुँदै गइरहेका थिए। अचानक उनीहरुको अगाडि एउटा जीप रोकियो। जीपमा सवार मानिसले करिव ५० मिटर अगाडि सिंह भएको संकेत गरे। पछि उक्त बाघ सडकभन्दा तल गयो र उनीहरु सकुशल घर पुगे।
जयवद्र्धनका अनुसार श्रेया सानो साइकल चढेर उनको घरमा आउँथिइन्। श्रेया घोषालले ६ वर्षको उमेरमा रावतभाटा क्लबमा आफ्नो पहिलो स्टेज शो गरेकी थिइन्। श्रेयाको बुवाको पछि मुम्बईस्थित भाभा एटामिक रिसच सेन्टरमा सरुवा भयो। श्रेयाले मम्बईमा अगाडिको पढाए जारी राखिन्। उनले मुम्बईको कल्याणजी (कल्याण जी आनन्दी जोडी वाले) सँग तालिम लिइन्। र १६ वर्षको उमेरमा फिल्म ‘देवदास’ बाट आफ्नो करियर सुरु गरिन्।
श्रेया घोषाललाई पहिलो ब्रेक संजय लिला भन्सालीले फिल्म ‘देवदास’ मा दिए। संजयकी आमा लिला भन्साली जीटीभीमा ‘सारेगामा’ कार्यक्रम हेरिरहेकी थिइन। तब उनले फोन गरेर संजयलाई बोलाइन्। जब संजयले श्रेयाको आवाज सुने तब उनलाई मन पर्यो। जब फिल्मको गीतको रेकर्डिङ सुरु भयो तब संजयले श्रेयालाई बिर्सिसकेका थिए। तर श्रेयालाई खोज्न निकै समय लाग्यो।
१६ वर्षकी श्रेयाले संजय लिला भन्सालीको फिल्म देवदासकालागि आफ्नो पहिलोगीत ‘बैरी पिया’ रेकर्ड गराउँदा उनको १२ कक्षाको परीक्षा नजिकै आएको थियो। त्यस्तोमा उनी स्टुडियोमा आउँदा पनि किताब लिएर आउँथिइन्।
श्रेयाले फेब्रुअरी, २०१५ मा शिलादित्य मखोपाध्यायसँग विवाह गरिन्। श्रेया र शिलादित्य दुवै बाल्यकालका साथी हुन्। शिलादित्य टेक्नोलोजीस्ट हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?