आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

सारांश

  • काठमाडौँ ।
  • धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ ।
  • प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

काठमाडौँ । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सङ्घ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार १२ औँ हप्ता पूरा भयो । आँधीखोला हाम्रो सभ्यता र पहिचान भएकाले यसलाई जोगाइराख्नु दायित्व सम्झेर संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरिएको अगुवाइ गर्दै आएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्यालले बताए । पानीका मुहान तथा प्राकृतिक स्रोत साधनको दोहन हुन नदिनका लागि सचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश दिनका लागि अभियान थालेको उनले बताए ।

“हाम्रो सभ्यतासँग जोडिएको आँधीखोलामा ढल तथा फोहरमैला नफाल्नका लागि सकारात्मक सन्देश दिनका लागि खोलामै पुगेर सरसफाई गर्दै आएका छौँ”, उनले भने, “सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियानमा विस्तारै सहभागी थपिँदै छन्, “१२ औँ हप्ता सकियो, निरन्तर चल्नेछ ।”

सामाजिक सञ्जाल तथा स्थानीय रेडियो, पत्रपत्रिकाको माध्यमबाट सूचना प्रवाह गरी अभियानमा सहभागी बनाउने गरिएको छ । आँधीखोला सरसफाइ अभियान प्रभावकारी बन्दै अगाडि बढेको अर्याल दाबी गर्नुहुन्छ । वालिङमा जस्तै अन्य पालिकामा पनि संरक्षण र सरसफाइलाई अभियानकै रुपमा अगाडि बढाउनु आवश्यक छ ।

श्रवणकुमारका अन्धाअन्धी मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको सभ्यता पछिल्लो समय दूषित हुँदै जाँदा यसको महत्व सङ्कटतर्फ धकेलिएको छ । बढ्दो बजारीकरणसँगै खोलाको किनारमा रहेका बजार तथा बस्तीका ढल सिधै खोलामा मिसाउँदा पनि प्रदूषित हुने गरेको छ ।

बजारबाट निस्कने कुहिने, नकुहिने तथा सिसाजन्य फोहर खोला किनारमा स्थानीयले फालिदिने गरेका कारणले भने आँधीखोला प्रदूषित बन्दै गएको हो । पछिल्लो समय आँधीखोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दा पनि यसको स्वरुप परिवर्तन हुन पुगेको छ । खोलामा ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्दा यहाँ पाइने स्थानीय जातका माछा लोप हुनुका साथै स्थानीय माझी जातिको पेसासमेत लोप भइसकेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकास्थित ‘अन्धाअन्धी दह’ बाट उत्पत्ति भएको आँधीखोला जिल्लाको मध्यभागबाट बहेको छ । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका हुँदै कालीगण्डकी गाउँपालिकाको मिर्मिमा पुगेर कालीगण्डकीमा मिसिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनवटा ब्रोकर कम्पनीलाई कारबाही
तीनवटा ब्रोकर कम्पनीलाई कारबाही
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
लिंग नै नभएको बच्चा
लिंग नै नभएको बच्चा
आजको मौसम कस्तो रहनेछ ?
आजको मौसम कस्तो रहनेछ ?
स्वास्थ्य एकाइ स्थापना
स्वास्थ्य एकाइ स्थापना

तपाईंले छुटाउनुभयो कि?