स्वास्थ्य एकाइ स्थापना

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
स्वास्थ्य एकाइ स्थापना

सारांश

  • म्याग्दी, १० मङ्सिर , म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।
  • स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।
  • एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

म्याग्दी, १० मङ्सिर , म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।

एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटिने एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने उहाँले बताउनुभयो ।

एकाइ स्थापनाका लागि वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख सहयोगमा स्थानीयवासीले श्रमदान गरेर भवन निर्माण गरेका छन् । स्थानीयले थप रु चार लाख ५० हजार लगानी गरेका छन् ।
एकाइको नेपाली काङ्ग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । उहाँहरुले दुर्गम र विकट बस्तीका बासिन्दामा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच स्थापित गराउन प्राथमिकता दिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
चन्दका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान
चन्दका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान
पार्टी एकता केही दिनमा : गौतम
पार्टी एकता केही दिनमा : गौतम
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ :  प्रधानमन्त्री ओली
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ : प्रधानमन्त्री ओली
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस

तपाईंले छुटाउनुभयो कि?