मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १, २०७९
|
|
१९ पटक हेरिएको
Shares
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

सारांश

  • काठमाडौं ।
  • सरकार मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक बाहेकका अवस्थामा वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।
  • मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अव उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन् ।

काठमाडौं । सरकार मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक बाहेकका अवस्थामा वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अव उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै बैठकले पूर्वमुख्यसचिव लीलामणी पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरिय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले यती एयरलाइन्स बिमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरि पदस्थापन गर्ने, नेपाल र अमेरिका अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले नागढुङ्गा नौविसे मुग्लिन सडकखण्ड विस्ताका लागि सडक सिमाभित्रका १ सय २१ घरटहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिएर घरटहराहरु हटाउनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?