थाहा पाउनुहोस आजको राशीफल

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ५, २०७८
|
|
३२ पटक हेरिएको
Shares
थाहा पाउनुहोस आजको राशीफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुने हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनसक्छ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्द अघि घरका श्रेष्ठ सदस्यबाट आशीर्वाद मागेर हिडनु होला ।
बृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ । आजको दिन केवल सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्नेछ । गृहस्थल नजिक पर्ने देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक हुनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनहरुले तपाईमाथि मान सम्मान गर्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य र अन्य कोही सदस्यसँग सौहार्दता बढ्ने छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुभयो भने सोचअनुसार काम हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शनिवारको दिन शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनुक्छ । आज तपाईमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य शुरुवात गर्नुहोला । सूर्य देवताको मन्त्र सुन्ने र पढ्दा फाइदा हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । कसैलाई पनि हानी हुने काम नगर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
शनिवारको दिन देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । विहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । देवालयको यात्रा फलदायी हुनेछ । ध्यान साधनामा समय खर्च गर्नु फलदायी हुनेछ । [image: rashiphal.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी पनि चल्ने
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी पनि चल्ने
किर्ते गरेको अभियोगमा न्यायाधीशकी श्रीमती सहित आफन्तहरु पक्राउ
किर्ते गरेको अभियोगमा न्यायाधीशकी श्रीमती सहित आफन्तहरु पक्राउ
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्: राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?