आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
१४ पटक हेरिएको
Shares
आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता

सारांश

  • काठमाडौं।
  • तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
  • सशस्त्र प्रहरी बल ९एपीएफ० प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।

काठमाडौं। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।सशस्त्र प्रहरी बल ९एपीएफ० प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।

भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ। प्रारम्भिक रूपमा बसमा ३५ जना भएको जानकारी पाइएको छ। १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ। प्रारम्भिक जानकारीअनुसार ६ जना नदीमा बेपत्ता छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?