दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार

सारांश

  • दोलखा– दोलखामा पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  ढिलोगरी मतगणना सुरु भएको छ ।
  • निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले दर्ता गराएको उजुरी छानविनको अडान लिएपछि ढिलो गरी मतगणना सुरु भएको हो ।
  • मतगणना बेलुका साँढे सातबजेदेखि सुरु भएको जनाइएको छ ।

दोलखा– दोलखामा पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  ढिलोगरी मतगणना सुरु भएको छ । निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले दर्ता गराएको उजुरी छानविनको अडान लिएपछि ढिलो गरी मतगणना सुरु भएको हो ।

मतगणना बेलुका साँढे सातबजेदेखि सुरु भएको जनाइएको छ ।  प्रतिनिधिसभातर्फको जिरी नगरपालिका स्यामा, प्रदेशसभा क्षेत्र नम्बर १ को जुँगु र २ नम्बर क्षेत्रको आलम्पुबाट मतगणना सुरु भएको बताइएको छ ।

प्रदेशसभा क्षेत्र नम्वर २ बाहेक प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्र नम्वर १ को मतगणना कांग्रेसले बहिस्कार गरेको छ । २ नम्वर क्षेत्रको मतगणनामा भने कांग्रेसका प्रतिनिधिहरु सहभागि छन् । जिल्लाको गौरीशंकर गाउँपालिका अन्तर्गत सुरी र जुँगुका विभिन्न मतदान केन्द्रहरुमा बाम गठबन्धनले धाँधली गरेको भन्दै काग्रेसले छानविनको माग गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?