आइएमई लोकस्टारको उपाधि सनीलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आइएमई लोकस्टारको उपाधि सनीलाई

सारांश

  • पहिलो आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका छन् ।
  • उनले लोक स्टारको फाइनल राउण्डमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जित्न सफल भएका छन् ।
  •  लोकस्टारमा चेतन गोतामेले फस्ट रनर अप बन्दै २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

पहिलो आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका छन् । उनले लोक स्टारको फाइनल राउण्डमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जित्न सफल भएका छन् । लोकस्टारमा चेतन गोतामेले फस्ट रनर अप बन्दै २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

प्रतियोगितामा सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जिते । उनले सेकेण्ड रनरअप बनेसँगै दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार जितेका छन् । रामकुमार नेपालीले यो प्रतिष्पर्धामा ‘पर्मफर अफ दी सिजन’ जिते । लोकस्टारको फाइनल शनिबार काठमाडौँमा भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?