चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
४५ पटक हेरिएको
Shares
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता

सारांश

  • बीबीसी ।
  • विश्वभरिका केटाकेटी तथा वयस्क सबैले अन्तरिक्षको भ्रमणमा जाने सपना देख्ने गर्छन्।
  • विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ।
बीबीसी । विश्वभरिका केटाकेटी तथा वयस्क सबैले अन्तरिक्षको भ्रमणमा जाने सपना देख्ने गर्छन्। विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ।

नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ। त्यसका लागि उसले उम्मेदवारहरू खोजी गरिरहेको छ।

मार्च २ देखि ३१ तारिखसम्म त्यसका लागि आवेदन खुल्दैछ। त्यस्तो उम्मेदवार बनेर अन्तरिक्षयात्री बन्ने दक्षता के होलान्?

सन् १९६० को दशकदेखि नासाले ३५० अन्तरिक्षयात्रीलाई छानेर तालिम दिएको छ। ती मध्ये ४८ जना कार्यरत छन्।

नासा अमेरिकी सङ्घीय निकाय भएकोले पहिलो प्राथमिकता अमेरिकी नागरिकलाई दिइन्छ। तर दोहोरो नागरिकता लिएकाले पनि आवेदन दिन पाउँछन्। पूर्व ब्रिटिश अन्तरिक्षयात्री पिएर्स सेलर्सले ब्रिटेन छोडेर अमेरिकी नागरिक बन्दै आफ्नो सपना साकार पारेका थिए।

उम्मेदवारहरूले विज्ञान वा गणित विषयको अध्ययन गर्दै स्नातकोत्तर सम्मको अध्ययन गरेको हुनुपर्ने नियम छ। चिकित्सक वा विमान चालक पनि योग्य ठानिन सक्ने भनिएको छ।

उनीहरूसँग दुई वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने भनिएको छ। अनलाइनमा आवेदन भरेपछि उम्मेदवारहरूको स्वास्थ्य जाँच हुने बताइएको छ। त्यसपछि उनीहरूले दुई वर्ष तालिम लिनुपर्ने छ।

तालिममा जाने उम्मेदवारहरूले जल सेनाको तालिम, प्राविधिक सीप, रोबोटिक्स् र रुसी भाषाको अध्ययन गर्नुपर्ने छ। नासाको लागि काम गर्न योग्य नहुनेहरूलाई अन्तरिक्षमा जाने अन्य अवसरहरू उपलब्ध छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा समय बिताउन पाएका २३९ अन्तरिक्षयात्री मध्ये १५१ जना अमेरिकी नागरिक हुन्। अन्य चाहिँ विश्वका अन्य देशका नागरिक हुन्। नासाको तालिम लिन नपाउनेहरूसामु अरू विकल्प छन्। जस्तो कि भर्जिन ग्यालेक्टिक यो वर्षको अन्त्यतिर अन्तरिक्षमा पर्यटक लैजाने पहिलो निजी कम्पनी बन्दैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का
जनकपुर उपमहानगरकी उपमेयर तथा न्यायिक समिति संयोजक नै हिंसापीडित
जनकपुर उपमहानगरकी उपमेयर तथा न्यायिक समिति संयोजक नै हिंसापीडित
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
क्यासिनो मुद्दा: अदालत बिकेको की  हेर्न नभ्याएको ?
क्यासिनो मुद्दा: अदालत बिकेको की हेर्न नभ्याएको ?
नाइ नाइ भन्छ मायाले (भिडियो सहित)
नाइ नाइ भन्छ मायाले (भिडियो सहित)
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने
सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)
एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा
एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा
मतदाता परिचयपत्र वितरण सुरु
मतदाता परिचयपत्र वितरण सुरु