आइपीएल: कोलकत्ताको छैटौं जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२५ पटक हेरिएको
Shares
आइपीएल: कोलकत्ताको छैटौं जित

सारांश

  • काठमाडौं।
  • सनराईजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले छैटौं जित निकालेको छ ।
  • शनिबार राति कोलकत्ताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमा समेटियो ।

काठमाडौं। सनराईजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले छैटौं जित निकालेको छ ।

शनिबार राति कोलकत्ताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमा समेटियो । हैदरावादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले ३ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल खडा गर्यो । कोलकत्ताका आन्द्रे रसेलले सर्वाधिक ४९ रन बनाए । हैदरावादका उम्रन मलिकले ३ विकेट लिए ।

जितपछि कोलकत्ता १२ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । हैदरावाद १२ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।

(www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?