प्रधानमन्त्रीलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले के निर्देशन दिइन ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले के निर्देशन दिइन ?

सारांश

  • काठमाडौं, ३२ साउन ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
  • आज विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

काठमाडौं, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आज विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघसंस्था र निजी क्षेत्रलाई परिचालन गर्न निर्देशन समेत दिएकी छन् ।

साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालीन एवं दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?