आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
१४ पटक हेरिएको
Shares
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन

सारांश

  • आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ प्रधानमन्त्री ओलीले आइप्याडमा हेरेका छन् ।
  • प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई निकै मन पराउने भएकाले अस्वस्थ हुँदाहुँदै पनि आइप्याडबाटै समारोहको उद्घाटनको प्रत्यक्ष प्रशारण हेरेको प्रेस सल्लाहकार सुर्य थापाले बताए ।
  • प्रधानमन्त्री ओली आफै सागको उद्घाटन समारोहमा उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम उनको स्वास्थ्यको कारण अवरुद्द भएको थियो ।

आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ प्रधानमन्त्री ओलीले आइप्याडमा हेरेका छन् । प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई निकै मन पराउने भएकाले अस्वस्थ हुँदाहुँदै पनि आइप्याडबाटै समारोहको उद्घाटनको प्रत्यक्ष प्रशारण हेरेको प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

प्रधानमन्त्री ओली आफै सागको उद्घाटन समारोहमा उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम उनको स्वास्थ्यको कारण अवरुद्द भएको थियो । उनले नेपाली खेलाडीहरुलाई विशेष सम्बोधन गर्ने कार्यक्रम पनि रहेको थियो । उक्त कार्यक्रम पनि ओलीको स्वास्थ्यको कारण अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गरेका थिए ।

गत मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आइसीयुमै सामान्य हिँडडुल गर्न थालेको बताए।

प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा. अरुण सायमीले ठोस आहार खुवाउन सुरु गरिएको बताए। गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो। एपेन्डिसाइटिससहित पेटको संक्रमण पेरिटोनाइटिस देखिएपछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा राखेर एक साता उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
तातोपानीमा सँगै डुब्दैमा एकता भयो भन्नु बेकार
तातोपानीमा सँगै डुब्दैमा एकता भयो भन्नु बेकार
घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो
घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो
काङ्ग्रेसको जागरण अभियान समापन हुँदै
काङ्ग्रेसको जागरण अभियान समापन हुँदै
सत्ता पाउँदा मत्ताउने र नपाउँदा छट्पटाउने ?
सत्ता पाउँदा मत्ताउने र नपाउँदा छट्पटाउने ?
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?