जानकी मन्दिरमा बम राखिएको सूचना दिइएपछि….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
जानकी मन्दिरमा बम राखिएको सूचना दिइएपछि….

सारांश

  • काठमाडौं।
  • दैनिक हजारौं भक्तजन तथा पर्यटकले दर्शन गर्ने मन्दिर हो जानकी मन्दिर।
  • यहाँ दैनिक ठूलो भीडभाड हुन्छ।

काठमाडौं। दैनिक हजारौं भक्तजन तथा पर्यटकले दर्शन गर्ने मन्दिर हो जानकी मन्दिर। यहाँ दैनिक ठूलो भीडभाड हुन्छ। तर, यहीबीचमा यहाँ बम राखिएको हल्ला फैलिएपछि के होलारु निश्चितरुपमा भागदौड।शुक्रबार धनुषाको जनकपुरस्थित जानकी मन्दिरको अवस्था यस्तै रह्यो। जिल्ला प्रहरी कार्यालय धनुषामा कतैबाट एक फोन आयो। र जानकी मन्दिरमा बम राखिएको सूचना दिइयो। ठूलो भीडभाड हुने क्षेत्रमा बम राखिएको सूचना पाएपछि प्रहरी एक्सनमा आएको धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए। उनले डिसी नेपालसँग फोनमा भने, ‘शंकास्पद वस्तु राखिएको सूचना आयो, संवेदनशील सूचना पाएपछि हामीले यसलाई गम्भिरताका साथ लियौं। पूरै मन्दिर खालि गरायौं।’

प्रहरी मन्दिर परिसरमा पुगेर सबै भक्तजन तथा पर्यटकहरुलाई मन्दिर परिसरबाट बाहिर निकाल्यो। र प्रहरीले पूरै मन्दिर परिसर सर्च गरेको एसपी खनालले बताए। उनले कुकुरसमेत परिचालन गरिएको बताए।प्रहरीले सुरक्षाका सबै तरिका अपनायो। तर, अन्तिममा हात लाग्यो शून्य। खासमा त्यहाँ केही पनि नभेटिएको उनले बताए। यसरी प्रहरीलाई गलत सूचना दिएर हैरान पार्नेको खोजीमा प्रहरी जुटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?