आइसिसी क्रिकेट विश्वकप लिग-२: नेपाल अमेरिकासँग पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०८१
|
|
३७ पटक हेरिएको
Shares
आइसिसी क्रिकेट विश्वकप लिग-२: नेपाल अमेरिकासँग पराजित

सारांश

  • काठमाडौं।
  • नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ।
  • जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो।

काठमाडौं। नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो।

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए।

नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए। सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए।

यसअघि नेपालले टस हरेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए।

नेपाल लिग-२ मा नौ खेलमा सातमा हार, एकमा जित र एक खेलमा अंक विहीन हुँदै तीन अंकका साथ सातौं स्थानमा छ। अमेरिका दश खेलमा सात मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ। क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ।

अब सिरिजमा अर्को खेल भोली मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धन टिकाउनै समस्या
वाम गठबन्धन टिकाउनै समस्या
बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुक बनाइने-  विवेकशील साझा
बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुक बनाइने- विवेकशील साझा
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी
रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
बिहेको पाँच दिनमै यो वियोग
बिहेको पाँच दिनमै यो वियोग

तपाईंले छुटाउनुभयो कि?