शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै

सारांश

  • टी–२० विश्वकप छनोटमा शिर्ष स्थानमा रही छनौट हुने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली आज मलेसिया प्रस्थान गर्दैछ ।
  • टी–२० विश्वकप एसिया फाइनल ६ साउनदेखि सिंगापुरमा हुँदैछ ।
  • मलेसियामा दुई टी–२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ, जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ ।

टी–२० विश्वकप छनोटमा शिर्ष स्थानमा रही छनौट हुने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली आज मलेसिया प्रस्थान गर्दैछ । टी–२० विश्वकप एसिया फाइनल ६ साउनदेखि सिंगापुरमा हुँदैछ । मलेसियामा दुई टी–२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ, जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ । पाँच देशले एकअर्कासँग खेल्दा

शीर्ष स्थानमा रहने टोलीले टी–२० विश्वकप छनोट खेल्नेछ । एसिया फाइनलमा तुलनात्मक रुपमा नेपाल बलियो दाबेदार हो । आईसीसी बरियतामा नेपाल अरु देशभन्दा माथि छ । तर विश्वकप खेल्ने बाटो भएकाले कुनै पनि टिमलाई सहज रुपमा नलिने कप्तान पारस खड्काले बताए । मलेसिया जानुअघि उनले भने, ‘विश्वकप छनोटको बाटो भएकाले हामीले

कुनै पनि खेल र खेलाडीलाई सजिलो रुपमा लिएका छैनौं । नेपालले विश्वकप खेल्ने हो भने यहीबाट बाटो सुरु गर्नुपर्छ ।’ नेपालले २०१४ मा टी–२० विश्वकप खेलेको थियो । २०१६ मा खेल्न सकेन । अब २०२० मा अष्ट्रेलियामा हुने विश्वकप खेल्ने लक्ष्य नेपाली टोलीले राखेको छ । त्यसका लागि यूएईमा हुने ग्लोबल छनोट खेल्नुअघि एसिया फाइनलमा शीर्ष स्थानमा रहन सक्नुपर्छ ।

आफूहरुको तत्कालको लक्ष्य त्यही रहेको भन्दै कप्तान पारस भन्छन्, ‘फेरि पनि विश्वकप खेल्ने सपना छ, तर यो सजिलो हुने छैन ।’ छनोट खेल्ने हरेक टोलीको सपना विश्वकप खेल्ने हुने र त्यसअनुसार मेहनत गर्ने भन्दै पारस भन्छन्, ‘हामीमा पनि राम्रो गर्न आत्मविश्वास छ तर आत्मविश्वास मात्र भएर हुँदैन, राम्रो खेल्न सक्नुपर्छ ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पनि अवस्था अनुसार योजना बनाएर खेल्ने सोच रहेको सुनाए । उनका अनुसार खेलाडीहरुलाई मलेसियामा पनि केही प्रयोग हुनेछ र अन्तिम रुप दिइनेछ । उता हङकङमा आजै भएको एसीसी यु–१९ इस्टर्न रिजनको फाइनल खेलमा नेपालले ९६ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभल मैदानमा

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३।१ ओभरमा ९५ रनमै अलआउट गरेको हो । हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?