अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०८०
|
|
१४ पटक हेरिएको
Shares
अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद

सारांश

  • तिरिन कोट ।
  • प्रहरीले दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा हातहतियार र गोलाबारुद फेला पारेको प्रान्तीय प्रहरी प्रवत्ताm बिलाल उरुजगानीले आइतबार बताएका छन् ।
  •   उनले अवैधरूपमा हतियार र गोलाबारुद राखेको आरोपमा एक जनालाई प्रक्राउ गरेको बताए ।

तिरिन कोट । प्रहरीले दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा हातहतियार र गोलाबारुद फेला पारेको प्रान्तीय प्रहरी प्रवत्ताm बिलाल उरुजगानीले आइतबार बताएका छन् । 

उनले अवैधरूपमा हतियार र गोलाबारुद राखेको आरोपमा एक जनालाई प्रक्राउ गरेको बताए । उनका अनुसार प्रान्तको उर्जगान जिल्लामा हालै गरिएको अपरेसनमा फेला परेका हातहतियारमा एकेएमका दुई टुक्रा, चार थान पेस्तोल र हजारौँ गोली समावेश छन् ।

यस्तै पूर्वी पक्तिया प्रान्तको अहमद आबाद जिल्लामा केही दिनअघि प्रहरीले एकेएमको अर्को टुक्रा पनि बरबमद गरेको थियो ।

तालिबान सरकारले सन् २०२१ अगस्टमा सत्तामा आएयता युद्ध ट्याङ्क र तोपखाना सहित हजारौँ हतियार र गोलाबारुद जम्मा गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?