आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै

सारांश

  • काठमाडौं।
  • नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुँदैछ।
  • आईसीसी टी-२० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बीचमा प्रतिस्पर्धा हुन लागेको हो।

काठमाडौं। नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुँदैछ। आईसीसी टी-२० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बीचमा प्रतिस्पर्धा हुन लागेको हो।

सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।

जसअनुसार आज नेपाल र सिंगापुर बीचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो। सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?