बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा

सारांश

  • चर्को भाडा लिएको बिरोध गर्ने एक महिलालाई सडकमै कुटपिट र गाली बेइज्जती गर्ने चालक गोकुल बोहरा विरुद्ध कञ्चनपुर प्रहरीले आइतबार मुद्दा दर्ता गरेको छ ।
  • से १ ज १०९४ नम्बर गाडीका चालक बोहराले धनगढीकी लक्ष्मी धनाडीलाई सडकमै लछार पछार र कुटपिट गरेका थिए ।
  • महिलालाई सार्वजनिक स्थलमै कुटपिट गर्ने बोहराविरुद्ध ‘सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’मा मुद्दा दर्ता गरिएको हो ।

चर्को भाडा लिएको बिरोध गर्ने एक महिलालाई सडकमै कुटपिट र गाली बेइज्जती गर्ने चालक गोकुल बोहरा विरुद्ध कञ्चनपुर प्रहरीले आइतबार मुद्दा दर्ता गरेको छ । से १ ज १०९४ नम्बर गाडीका चालक बोहराले धनगढीकी लक्ष्मी धनाडीलाई सडकमै लछार पछार र कुटपिट गरेका थिए । महिलालाई सार्वजनिक स्थलमै कुटपिट गर्ने बोहराविरुद्ध ‘सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’मा मुद्दा दर्ता गरिएको हो ।

सँगै यात्रा गरिरहेका बैतडीको मेलौलि नगरपालिका, सलेनाका दिपेन्द्र चन्दले उक्त कुटपिटको भिडियो खिचेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । उनै दिपेन्द्र चन्द र कुटपिट गरिएकी धनाडीको संयुक्त उजुरी अनुसार चालक बोहराविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उक्त मुद्दा अनुसार पीडकलाई एक वर्षसम्म जेल सजाय र २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ ।

उक्त घटनाको भिडियो फुटेज सार्वजनिक गर्ने चन्द पूर्व प्रहरी जवान हुन् । प्रहरीभित्रको बेथिति विरुद्ध बोलेपछि चन्द प्रहरीबाट हटाइएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण
आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
भेनेजुयलाका विपक्षी नेता घरमै नजरबन्द
भेनेजुयलाका विपक्षी नेता घरमै नजरबन्द
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)
श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –