जुम्लामा १९ करोड राजश्व सङ्कलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २, २०७८
|
|
३५ पटक हेरिएको
Shares
जुम्लामा १९ करोड राजश्व सङ्कलन

सारांश

  • जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेकोे छ ।
  • कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व सङ्कलन उत्साहजनक भएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।
  • आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतका अनुसार चालू आवको आठ महिनामा रु १३ करोड ७५ लाख ७५ हजार राजश्व सङ्कलन हुने लक्ष्य राखिएकोमा रु ६ करोड आठ लाखले बढेर साढे १९ करोड सङ्कलन भएको छ ।

जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेकोे छ । कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व सङ्कलन उत्साहजनक भएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतका अनुसार चालू आवको आठ महिनामा रु १३ करोड ७५ लाख ७५ हजार राजश्व सङ्कलन हुने लक्ष्य राखिएकोमा रु ६ करोड आठ लाखले बढेर साढे १९ करोड सङ्कलन भएको छ ।

कर अधिकृत बस्नेतले भने, “चालू आवमा जुम्लामा रु २५ करोड ६० लाख १० हजार बराबर राजश्व सङ्कलन गर्ने लक्ष्य छ । तर, फागुन मसान्तसम्म मात्रैको राजश्व सङ्कलन जेठसम्मको लक्ष्यको तुलनामा पुगेको छ ।”

जुम्लामा आन्तरिक राजश्व कार्यालयको स्थापनापछि करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजश्व सङ्कलन उत्साहजनक रूपमा भएको कर अधिकृत बस्नेतले बताए । विगतका भन्दा व्यवसायी, उद्योगी करको दायरामा आउने क्रममा बढेको छ । प्यान नम्बर लिनेको सङ्ख्या पनि बढेको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसरी बित्यो प्रधानमन्त्री ओलीको एक महिना ?
कसरी बित्यो प्रधानमन्त्री ओलीको एक महिना ?
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन
प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर
बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर

तपाईंले छुटाउनुभयो कि?