पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !

सारांश

  • काठमाडौँ, १४ कात्तिक ।
  • विराटनगर टाइटनले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
  • त्यस्तै दुई खेलमा लगातार जित निकालेको बुटवल ब्लास्टर्स पहिलो पटक पराजित भएको छ ।

काठमाडौँ, १४ कात्तिक । विराटनगर टाइटनले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । त्यस्तै दुई खेलमा लगातार जित निकालेको बुटवल ब्लास्टर्स पहिलो पटक पराजित भएको छ ।

सोमबार भएको रोमञ्चक खेलमा विराटनगरले बुटवल विरुद्ध १२ रनको जित निकालेको हो । १ सय ४१ रनको सामान्य लक्ष्य पछ्याएको बुटवलले निधारित २० ओभरमा मात्र १ सय २८ रन बनाएपछि विराटनगरले १२ रनले खेल जितेको हो । बुटवलका भिम शार्कीले ५० रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् । ४२ बलको समना गरेका उनले १ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै बुटवलका सागर पुनले २९ तथा, शंकर रानाले १९ तथा सिद्धान्त लोहनीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । विराटनगरका किशोर महतो तथा कप्तान सन्दिप लामिछानेले समान २–२ विकेट लिए । अन्तिम ओभरमा मात्र १३ रन चाहिएको अवस्थामा किशोर महतोले विपक्षिलाई कुनै रन दिएनन् । विराटनगरका लागि खतरा देखिएका सिद्धान्त लोहनी पनि अन्तिम ओभरको दोस्रो बलमा आउट हुन पुगे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले सबै ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । विराटनगरको जितका लागि मुहमद आलमको ७२ रन महत्वपूर्ण रह्यो । ४५ बल खेलेका उनले ५ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै प्रदिप ऐरीले ४१ रन बनाए । अन्य कुनै ब्याट्सम्यानले सम्झन लायक पारी खेलेनन् ।

विराटनगरले एक खेल जितेपनि अझै दबाब मै छ । प्लेअफ खेल्नका लागि विराटनगरले बाँकि एक खेल जितेर अरु टिमको नतिजा पनि पर्खनुपर्ने हुन्छ ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा चितवन राइनोजले पहिलो जित निकालेको छ । धनगढी ब्लुजलाई १ सय २६ रनको विशाल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?