आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
सारांश
- काठमाडौं, १२ भदाै ।
- महानगरीय परिसर काठमाडौंबाट असक्षम सावित भई दिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएका एसएसपी विश्वराज पोखरेल यहिले सरुवा रोक्न शक्तिकेन्द्रको भागदौडमा छन् ।
- गत साता सरुवा भएका अन्य एसएसपीले आ आफ्नो कार्यभार सम्हालीसक्दा पनि उनी प्रधान कार्यालयको प्रशासन शाखामा हाजिर गर्दै सरुवा बदर गर्न शक्ति केन्द्र धाउन थालेका छन् ।
काठमाडौं, १२ भदाै । महानगरीय परिसर काठमाडौंबाट असक्षम सावित भई दिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएका एसएसपी विश्वराज पोखरेल यहिले सरुवा रोक्न शक्तिकेन्द्रको भागदौडमा छन् ।गत साता सरुवा भएका अन्य एसएसपीले आ आफ्नो कार्यभार सम्हालीसक्दा पनि उनी प्रधान कार्यालयको प्रशासन शाखामा हाजिर गर्दै सरुवा बदर गर्न शक्ति केन्द्र धाउन थालेका छन् ।
११ बर्षीय बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई धम्क्याएर एसएमएस गरेपछि उनको कार्यक्षमता प्रश्न उठेको थियो । सोही कारण नेपाल सरकारले कार्यकाल पुरा नहुँदै उनको सरुवा दिल्लीस्थित नेपाली दुतावास गरेको हो । दुतावास आकर्षक र राम्रो पोष्टिङ मानिएता पनि एसएसपी पोखरेल भने उक्त सरुवा बदर गरेर आईजीपी सर्वेन्द्र खनाललाई देखाईदिन्छु भन्दै दिन रात शक्तिकेन्द्र धाउँदै आएका छन् । अपराध खबरका अनुसार सरुवा बदर गर्न एसएसपी पोखरेल रक्षा मन्त्री ईश्वर पोखरेल, ठेकदार तथा व्यवापारी दिपक कुँवर र अख्तियारका आयुक्त नवीन घिमेरेको शरणमा पुगेको स्रोतले बतायो ।
घरायसी समस्या देखाउँदै एसएसपी पोखरेले यहिले रक्षा मन्त्री पोखरेलबाट गृहसचिव पे्रम राई र आईजीपी खनाललाई दबाब दिँदै आएका छन् । उता अख्तियारका आयुक्त घिमेरेले समेत आईजी खनाललाई एसएसपी पोखरेललाई काठमाडौंमै कतै मिलाएर राख्न अनुरोध गर्दै आएको स्रोत बताउँछ । पूर्व डिआईजी पवन खरेलको शरणमा एसएसपी पोखरेल पुगेपछि खरेलले आयुक्त घिमेरको च्यानल फिट गरेका थिए । खरेल र घिमेरको छोरा र छोरीको बिहे गराउन प्रमुख भूमिका एसएसपी पोखरेल निभाएका थिए । त्यहि गुण तिर्न अहिले गत महिना मात्र अवकाश पाएका डिआईजी खरेल र आयुक्त घिमेर लागेको चर्चा प्रधान कार्यालयमा छ ।
राष्ट्रपतिबाट प्रदान गरीने विभूषण लिने योजनामा समेत एसएसपी पोखरेल छन् । प्रहरी प्रधानकार्यलय र गृहमन्त्रालयबाट सिफारिसर नभए पनि उनी पदक पाउनेमा आशावादी छन् । पदक वितरणको संयोजक रक्षा मन्त्री ईश्वर पोखरेल भएपछि बिना सिफासिर पदक हात लगाएर आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँड्ने गरेका छन् ।
उत्तम घिमिरे
काेशि उच्च ड्याम ड्याम्म पार्ने त हैन ? 😀
Gajendra Charan Sharma
Chakaribaajharuko nai
Khagen Rai Khagen Khagendrarai
होलुङ्गे खा