भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि

सारांश

  • मौर्य सम्राटले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय प्राप्त गरी बौद्ध धर्म ग्रहण गरेको स्मरणमा मनाइदै आएको अशोक धम्म विजयादशमी दिवस भव्यरुपमा सम्पन्न भएको छ ।
  • भारतको सारनाथमा मंगलबार अशोक बौद्ध महासंघको आयोजनामा भएको कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर प्रमुख अतिथिरुपमा सहभागि भएका थिए ।
  • कार्यक्रममा सम्राट अशोक, चन्द्रगुप्त मौर्य सम्राट अशोक, महिन्द्रा, संघमिता, राजकुमारी चारुमती, बाबा साहेब लगायतका बौद्ध धर्मसँग जोडिएका महान व्यक्तित्वहरुको झाँकीको साथमा विशाल धम्मपद यात्रा निकालिएको थियो ।

मौर्य सम्राटले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय प्राप्त गरी बौद्ध धर्म ग्रहण गरेको स्मरणमा मनाइदै आएको अशोक धम्म विजयादशमी दिवस भव्यरुपमा सम्पन्न भएको छ । भारतको सारनाथमा मंगलबार अशोक बौद्ध महासंघको आयोजनामा भएको कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर प्रमुख अतिथिरुपमा सहभागि भएका थिए ।

कार्यक्रममा सम्राट अशोक, चन्द्रगुप्त मौर्य सम्राट अशोक, महिन्द्रा, संघमिता, राजकुमारी चारुमती, बाबा साहेब लगायतका बौद्ध धर्मसँग जोडिएका महान व्यक्तित्वहरुको झाँकीको साथमा विशाल धम्मपद यात्रा निकालिएको थियो । प्रमुख अतिथि भिक्षु तपस्सी धम्मले कार्यक्रममा तथागत बुद्धको त्रिसरण, पञ्चशीलको देशना र धम्मदीक्षा दिएका थिए ।

कार्यक्रममा भिक्षु तपस्सी धम्मले बौद्ध धर्मको प्रचारप्रसार र विस्तारमा सम्राट अशोकले महत्वपुर्ण योगदान दिएका बताए । कार्यक्रममा श्रीलंका, भारत लगायतका देशहरुबाट भिक्षुभिक्षुणी, बौद्ध विद्वान तथा उपासक उपासिकाहरु सहभागि थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?