आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
२७ पटक हेरिएको
Shares
आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार

सारांश

  • काठमाडौं।
  • सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ।
  • हैदरावादको भने यो लगातार दोस्रो हार हो।

काठमाडौं। सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ। हैदरावादको भने यो लगातार दोस्रो हार हो।
मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो। हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए। लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेकाे थियाे। लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए । दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले।
प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ। बिना कुनै अंकको हैदराबाद पुछारमा छ।[image: cricket.jpg]

(www.sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?